सुरक्षा अधिकारी चढेको सवारी दुर्घटनामा

अर्घाखाँची, कार्तिक १४ - अर्घाको मसुरपाटामा भएको प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यक्रमबाट सदरमुकाम फर्कंदै गर्दा दुर्घटनामा प प्रमुख जिल्ला अधिकासहित ७ जना सुरक्षा अधिका घाइते भएका छन् । सदरमुकामनजिकै अर्घा धरमपानीस्थित विद्युत कार्यालयनजिकै जिल्ला पशु सेवाको बा१ज ५८५६ नम्बरको गाडी पल्टिदा प्रजिअ गोविन्दमणी भुर्तेल, चन्दनाथ गणका गणपति रामकाजी राना, प्रह नायव उपक्षक हरिबहादुर पाण्डे, राष्ट्रिय अनुसन्धानका डीएसपी लीलाधर पौडेल, कार्यलय सहयोगी सुनिल पौडेल, प्रह जवान टेकबहादुर थापा र चालक कृष्ण शाही घाइते भएका छन् । गम्भीर घाईते सुनिल, शाही र थापाको थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाएको छ । प्रजिअ भुर्तेल, राना र पाण्डे उपचारपछि फर्किएका छन् । लीलाधरको उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी एक्कासि ब्रेक फेल भई भित्तामा ठोक्किएर दुर्घटना भएको गणपति रानाले बताए । दुर्घटना भएको ठाउँ समथर भएकाले बाटोमै पल्ट“दा ठूलो क्षति हुनबाट बचेको प्रहले जनाएको छ । भुर्तेल र पाण्डेको टाउकोमा सामान्य ठक्कर लागेको छ । बसको छतबाट खसेर एकको मृत्यु प्यूठान– बसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । प्यूठान ठूलाबेसीबाट काठमाण्डौ जाँदै गरेको ना ४ ख ५५५८ नम्बरको रात्रीबसको छतबाट खसेर बिजुवार–३ पुन्यखोलाका २५ वर्षीय हिमाल थापाको पुर्वपश्चिम राजमार्ग अन्तरगत अर्घाखा“ची जलुके–६ कालाकाटेमा मृत्यु भएको प्रहरीले जनायो । खानेपानी कार्यलय प्यूठानमा चालकको रुपमा कार्यरत थापा कार्यलय प्रमख लाई लिनको लागि काठमाण्डौं जान थालेको आफ्न्तले बताएका छन् । त्यस्तै प्यूठान बादीकोट– ६ का २२ वषीर्य टोपबहादुर केसी गम्भीर घाइते भएका छन् । उनलाई उपचारको लागि बुटवल लगिएको ईलाका प्रहरी कार्यालय दाङ भालुबाङका प्रहरी निरिक्षक असोक श्रेष्ठले बताए । स्वर्गद्धारी यातायात व्यावसायी समितिमा आवद्ध बस र चालक प्रहरी नियन्तत्रणमा रहेको श्रेष्ठले बताए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger