'विश्वकै ठूलो कच्चा तेल उत्पादक’

न्यूयोर्क, कार्तिक १४ - इन्धनका लागि विश्वभरका मुलुकमध्ये पूर्वमा निर्भर छन् । त्यसमाथि पनि साउदी अरेबिया, इरान, इराक र कुबेतले विश्वको ठूलो भागलाई धानिरहेका छन् । अब यो पंक्तिमा अमेरिका पनि थापिएको छ । अझ भन्नु पर्दा अमेरिकाले सबैभन्दा धेरै तेल उत्पादन गर्ने राष्ट्र साउदीलाई पनि पछि पार्ने लक्षण देखाइसकेको छ । एपीका अनुसार अमेरिकाले दैनिक १ करोड ९ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्दै आएको छ । जव कि साउदीले दैनिक १ करोड १६ लाख ब्यारेल कच्चा तेल उत्पादन गर्छ । अमेरिकाको यो वृद्धि अघिल्ला वर्षहरू मध्यपूर्वी देशहरूमा देखिएको अस्थिरतका कारण मूल्य अत्यधिक बढ्न थालेपछि अमेरिकाले कच्चा तेलको उत्पादनलाई तीव्र पारेको हो । त्यसमा नयाँ प्रविधिको योगदान थपिएपछि यो वर्ष अमेरिकाको कच्चा तेल उत्पादन अत्यधिक मात्रामा वृद्धि भएको हो । सन् १९५१ यता अमेरिकामा ४ पटक कच्चा तेल उत्पादनमा अत्यधिक वृद्धि गरिरसकेको छ । तर, यति धेरै मात्रामा उत्पादन वृद्धि भएको भने पहिलो पटक हो जसले विज्ञहरूसमेत आश्चर्यमा परेका छन् । 'अमेरिकाले आज जति मात्रामा कच्चा तेल उत्पादन गरिरहेको छ त्यो कसैले ५ वर्षअघि भविष्यवाणी गरिदिएको भए सुन्नेहरू पागल भन्ने थिए,' आईएचएस सिईआरए नामक ऊर्जा परामर्शदात्री संस्थाका प्रमुख जिम बुखार्ड भन्छन् । अमेरिकी ऊर्जा विभागले आगामी वर्ष बायो ऊर्जा र अन्य हाइड्रोकार्बन ऊर्जासहित कच्चा तेलको दैनिक उत्पादन १ करोड १४ लाख ब्यारेल पुग्ने प्रक्षेपण गरेको छ । प्रक्षेपण अनुरूप त्यति परिमाणमा इन्धन उत्पादन भए त्यो ४० वर्षयताकै सबैभन्दा बढी परिमाण हुनेछ जुन विश्वकै ठूलो कच्चा तेल उत्पादक साउदी अरबले दैनिक उत्पादन गर्ने कच्चा तेलको परिमाणभन्दा केही घटी मात्र हो । सिटी बैंकको प्रक्षेपणअनुसार सन् २०२० सम्म अमेरिका एक्लैले दैनिक १ करोड ३० लाखदेखि १ करोड ५० लाख ब्यारेल कच्चा तेल -बायो ग्याससहित) उत्पादन गर्नेछ । त्यसले उत्तर अमेरिकालाई कच्चा तेल उत्पादनमा मध्यपूर्व सरह बनाउन सहयोग पुग्नेछ । अमेरिकाले पछिल्लो पटक सन् २००२ मा विश्वकै सबैभन्दा बढी कच्चा तेल उत्पादन गरेको थियो । ट्वीन टावरमा भएको आतंकवादी हमलाका कारण कच्चा तेलको मूल्यमा भारी गिरावट आएकाले त्यतिबेला साउदी अरब लगायतका मुलुकले अत्यधिक मात्रामा कच्चा तेल उत्पादन कटौती गरेका थिए जसका कारण अमेरिका सन् २००२ मा विश्वको सबैभन्दा ठूलो कच्चा तेल उत्पादक बनेको थियो । त्यसयता साउदी र रसियाले कच्चा तेल उत्पादनमा विश्वको नेतृत्व गर्छन् । अमेरिकामा दैनिक १ करोड ८७ लाख ब्यारेल कच्चा तेल खपत हुन्छ । यो माग धान्न उसले ठूलो परिमाणमा कच्चा तेल आयात गरिरहनु परेको छ । अर्कोतर्फ पेन्सिलभेनिया राज्यअन्तर्गतको समुद्री चट्टानलाई डि्रल गरी तेल उत्पादन गर्नुपर्ने भएकाले लागत बढी पर्ने गरेको छ । आफ्नो उत्पादनभन्दा आयात किफायती हुने भएकाले अमेरिकाले मध्यपूर्वबाटै किनिरहेको हो । तर, किफायती ऊर्जामा दिइएको जोडका कारण सन् २०२० सम्म अमेरिकाको ऊर्जा आयात आधाले घट्ने प्रक्षेपण छ । कच्चा तेलको उत्पादनमा वृद्धिले अमेरिकी अर्थतन्त्र अझ उकास्नेछ । रोयल डच सेल जस्ता कच्चा तेल उत्पादन गर्ने अन्तर्राष्ट्रिय कम्पनीहरूले अमेरिकालाई आकर्षक गन्तव्यका रूपमा हेर्न थालेका छन् । एक्सोन मोबिलले गत महिना अमेरिकामा कच्चा तेल उत्पादनका लागि १ अर्ब ६० करोड अमेरिकी डलर खर्च गर्ने सहमति गरेको छ । कच्चा तेल उत्पादनमा बढ्दो लगानीले अमेरिकाको उत्तर डाकोटा, अक्लाहोमा, योमिङ, मोन्टाना र टेक्सास लगायतका राज्यको आर्थिक अवस्था सुधिं्रदै गएको छ । ती राज्यमा बेरोजगारी दर कम छ । जस्तो अमेरिकाको औसत राष्ट्रिय बेरोजगारी दर ७ दशमलव ८ प्रतिशत छ तर बेरोजगार दर उत्तरी डाकोटामा ३ र अक्लाहोमामा ५ दशमलव २ प्रतिशत मात्र छ । आइएचएसका अनुसार कच्चा तेल उत्पादनमा भएको वृद्धिले अमेरिकामा १७ लाख रोजगारी बढिसकेको छ । सन् २०२० सम्म यसबाट थप १३ लाख रोजगारी सिर्जना हुन गइरहेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger