शंखधर सम्मान स्वर्गीय भट्टराईलाई
भक्तपुर, कार्तिक १२ - राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई 'शंखधर सम्मान' प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाल संवता प्रवर्तक शंखधर साख्वाःलाई 'राष्ट्रिय विभूति' घोषणा गर्ने सहासिक कार्यको उच्च मूल्यांकन ग पूर्वप्रधानमन्त्री भट्टराईलाई मरणोपरान्त उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । स्व. भट्टराईले ने.सं. ११२० (वि.सं. २०५६) कछलाथ्व दशमीको दिन नेपाल संवता प्रवर्तक साख्वाःलाई 'राष्ट्रिय विभूति' घोषणा गरेको थियो ।
त्यसैग नेपाल संवतो बारेमा ऐतिहासिक खोज कार्य ग जनमानसमा सार्वजनिक गर्ने इतिहासविद् डा. जगदीशचन्द्र रेग्मीलाई पनि 'शंखधर सम्मान' प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानका सचिव ज्ञानराम श्रेष्ठले बताए । उनका अनुसार उक्त सम्मान प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा नेपाल संवत् १११३ को प्रारम्भको दिन विशेष कार्यक्रम ग प्रदान गरिनेछ ।
Labels:
Latest Updates,
National News
Post a Comment