हत्या अनुसन्धानका लागि १० पक्राउ
हत्या अनुसन्धानका लागि १० पक्राउ
महेन्द्रनगर, कात्तिक १० – कञ्चनपुरको महेन्द्रनगरमा होटल कामदारको हत्या घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्रेको छ ।
न्यू एभन एण्ड लजका कामदार परमानन्द जोशीको बुधवार राती हत्या भएपछि अनुसन्धानका लागि होटल सञ्चालक सहित शंकास्पद १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरिएको छैन । हत्यामा संलग्नको छिट्टै पहिनान हुने प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले बताउनुभयो । दुईवर्ष होटलमा काम गर्दै आइरहेका दार्चुला वोहरी गाविस झारकाडा घर भएका २८ वर्षिय परमानन्द जोशीको होटेलमै हत्या भएको थियो ।
Labels:
National News
Post a Comment