आज महाष्टमी धुमधामका साथ मनाईदै

आज महाष्टमी धुमधामका साथ मनाईदै 2६ कात्तिक, काठमाण्डौं । आज बडादशैंको आठौं दिन, नवदुर्गा भवानीको पूजा आराधना गरी देशभर महाष्टमी पर्व मनाईंदैछ । आश्विन शुक्ल प्रतिपदाका दिन पूजाकोठा, दशैंघर अथवा मण्डपममा वैदिक विधिपूर्वक घटस्थापना गरिएको ठाउँमा महाष्टमीको दिन बिशेष भक्तिपूर्वक पुजाआजा गरिन्छ । मध्यरातमा बलि सहित कालरात्रिको पूजा गर्ने चलन छ । महाष्टमी पर्वको अवसरमा बिहानैदेखि देशभरी शक्तिका प्रतीक महाकाली, महालक्ष्मी, महासरस्वती र देवी भगवतीका मन्दिरहरुमा भक्तजनहरुको भीड शुरु भएको छ । काठमाडौं उपत्यकाका दक्षिणकाली, गुहृयेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, बिजेश्वरी, ईन्द्रायणी, नरदेवी, बज्रवाराही, रक्तकाली, संकटा, बंगलामुखी लगायत शक्तिपीठहरुमा बलि चढाउने र पूजाआराधना गर्नेहरुको बिहानैदेखि घुईंचो लागेको छ ।
काभ्रेको पलान्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाका गोरखकाली तथा मनकामना, सप्तरीको छिन्नमस्ता, नुवाकोटको नुवाकोट भैरवी, डोटीको शैलेश्वरी, धरानको दन्तकाली, नेपालगंजको बागेश्वरी र भोजपुरको सिद्धकाली लगायतका शक्तिपीठहरुमा पनि दर्शनार्थीको भीड लाग्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger