एउटै गाविसमा डेढ सय अपाङ्ग

१२ कात्तिक, फलेवास (पर्वत) । एउटै गाविसमा १५० जना अपाङ्ग भएको सुन्दा जो कोहीलाई पनि पत्यार नलाग्न सक्छ । तर यो पनि अचम्मको विषय बनेको छैन । सदरमुकाम बागलुङदेखि २१ किलोमिटर दक्षिणको बिनामारे गाविसमा यति धेरै अपाङ्ग रहेका छन् । अपाङ्ग सञ्जाल समिति बिनामारेका अध्यक्ष वीरबहादुर रोकाका अनुसार गाविसमा विभिन्न प्रकृतिका १५० जना अपाङ्गता भएका मानिस छन् । गाविसका नौवटै वडामा कुनै न कुनै प्रकारका अपाङ्गता भएका व्यक्तिहरू रहेका छन् । नेपाल सरकारको नीतिगत अस्पष्टताका कारण अपाङ्ग भएका व्यक्तिहरू राज्यले दिने सेवा सुविधाबाट वञ्चितमा पर्ने गरेका छन् । वडा नं ७ का १० वषर्ीय अपाङ्ग विक्रम परियार, वडा नं ७ जुकेपानीका टङ्क परियारलगायतका आंशिक अपाङ्गहरूले अहिलेसम्म भत्ता नपाएको अध्यक्ष रोकाले बताउनुभयो । वर्गीकरण गरिएका अपाङ्गमध्ये राज्यले पूर्ण अपाङ्गलाई मासिक रु एक हजार, आंशिकलाई रु ५०० दिने व्यवस्था भए पनि उनीहरूले भने सो भत्ता पाउन सकेका छैनन् । ग्रामीण भेगमा प्रायः न्यून आयस्तर भएका परिवारमा अपाङ्गता देखिएको र उनीहरू राज्यको पहँुचबाट टाढा भएका कारण भत्ता पाउन नसकेको रोकाले बताउनुभयो । यस्तै अपाङ्गता भएका परिवारजनमा एउटाले उनीहरूको हेरचाह गर्नुपर्ने हुँदा परिवारलाई झन् समस्या भएको बिनामारे-४ का ढुण्डीराज थापाले बताउनुभयो । उहाँका दुई सन्तान पनि जन्मदेखि नै अपाङ्ग छन् । गाविसका सचिव मोहोलाल लामिछानेले गाविसमा पाँचजना रातो कार्डका अपाङ्गलाई भत्ता दिइएको बताउनुभयो । रासस
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger