नयाँ निर्वाचनमा नै जाने कांग्रेस निर्णय, पौडेल र देउवाको असहमति
काठमाडौं, कार्तिक १५ - विपक्षी दल कांग्रेसले संविधानसभाको नयाँ निर्वाचनमा जाने निर्णय गरेको छ ।
पार्टी मुख्यालय सानेपामा बुधबार बसेको केन्द्रीय समिति बैठकले ताजा जनादेशमा जाने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । 'नयाँ निर्वाचनमा नै जाने बैठकमा आमसहमति भयो,' बैठकपछि संवाददाताहरुसित बडुले भने ।
बैठकले नयाँ निर्वाचनको प्रक्रिया सुरु गर्नुअघि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने र त्यसैले बजेटलगायत निर्वाचनका तयारी गर्ने निर्णय गरेको छ ।
कांग्रेस निर्णयमा उपसभापति रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा, केन्द्रीय सदस्यहरु रामशरण महत, प्रकासशरण महतले असहमति राखेका छन् । उनीहरुले संविधानसभा पुनःस्थापनाको विकल्प पनि खुल्ला राख्नुपर्ने भनाइ राखेका थिए ।
Labels:
National News

Post a Comment