चरा झैं आकाशमा उड्दा…(फोटो फिचर)
चरा झैं आकाशमा उड्दा…(फोटो फिचर)
७ कात्तिक, काठमाण्डौं । खुल्ला आकाशमा चरा झैं उड्दाको मज्जा बेग्लै हुन्छ । प्यारागलाईडिङका लागि नेपलको सबैभन्दा पहिलो स्थानमा पोखरा पर्छ । तर अहिले विस्तारै अन्यत्र पनी यस्को माग र विस्तार भईरहेको छ । कति स्थानमा परिक्षण समेत भईरहेको छ भने कति स्थानमा प्यारागलाईडिङ संचालन गरिसकिएको छ ।
प्यारागलाईडिङका लागिमात्र बर्षेनी हजारौं नेपालीहरु समेत पोखरा आउने गर्छन् । नेपालीहरु मात्र नभई बिदेशी पर्यटककले समेत यसको मज्जा लिने गरेका छन् ।
अन्नपूर्ण हिमाली रेन्जको मनोरम दृश्यका साथै ताल र शहरीकरणको मज्जा लिन पाईने भएकाले प्यारागलाईडिङका लागि पोखराको सारडकोट पहिलो रोजाईमा परेको हो ।
पोखरामा अहिले बिस वटा कम्पनीले प्यारागलाईडिङ संथालन गरेका छन् । सारङकोटको उचाई १ हजार ५ सय मिटर रहेको छ भने प्यारागलाईडिङड गर्दा १८५० मिटर सम्म उड्ने गरिनछ ।
सामान्यतया बर्षभरी नै प्यारगलाईडिङड गरिने भएता पनी भदौदेखि पुषसम्मलाई राम्रो हुने गर्दछ । यो समयमा हिमालको मनोरम दृश्यका साथै मौसमले पनी साथ दिने गर्दछ ।
तस्वीरः भरतबन्धु थापा, ब्लुस्काई प्यारगलाईडिङ प्राली,
Labels:
National News

Post a Comment