अमेरिकी राष्ट्रपतिमा ओबामा पुन: निर्वाचित
न्युयोर्क, कार्तिक २२ - बाराक हुसेन ओबामा दोस्रो कार्यकालका लागि महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएका छन् । मंगलबारको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रयाट् उम्मेदवार ओबामाले रिपब्लिकन प्रत्यासी मिट रोमनीलाई पराजित गरेका छन् ।
अर्थतन्त्र प्रमुख एजेण्डा रहेको निर्वाचनमा ओमाबाले कुल ५ सय ३८ ईलेक्टोरल भोटमा ३ सय ३ मत जितीसकेका छन् । केहि राज्यहरुमा मतगणना भईरहदाँ ओबामाको बिजयी ईलेक्टोरल मत अझै बढने निश्चित रहेको छ । जितका लागि २ सय ७० ईलेक्टोरल मत आवश्यक पर्छ । रोमनीले अहिलेसम्म २ सय ३ मत ल्याएका छन् ।
पछिल्लो आधा दशकको अमेरिकी राष्ट्रपतीय इतिहासमा दोस्रो कार्यकाल जित्ने बिल क्लिन्टन पछि ओबामा पहिलो डेमोक्रयाट् राष्ट्रपति भएका छन् । ५१ बर्षअघि हवाई राज्यको होलुलमा केन्याली बाबु र अमेरिकी आमाको सन्तानको रुपमा जन्मिएका ओबामाले मंगलबारको निर्वाचनमा पेन्सिभेनिया लगायत उत्तरी पुर्व राज्यहरुमा महत्वपुर्ण जित हात पारे । क्यालिफोर्निया, ओरेगन, न्युयोर्क लगायत परम्परागत डेमोक्रयाट् राज्यहरुमा सहज जित हासिल गरेका ओबामालाई ओहायो, आईवा, विसकन्सिस, कोलोराडो जस्ता ब्याटलग्राउण्ड राज्यमा सफलता मिल्यो ।
ओबामा प्रशासनको पहिलो कार्यकालको सबैभन्दा महत्वपुर्ण ठानिएको आठ सय बिलियन डलरको आर्थिक प्याकेजले अटो उद्योगलाई उकासेपछि ओहायो र मिचिगन राज्यमा ओबामालाई उल्लेखीय सफलता हात परेको बताईएको छ ।
औद्यागिक र शहरी क्षेत्रमा रोमनीको तुलनामा बढी मत हासिल गरेका ओबामाको जितमा युवा, महिला, ल्याटिनो र अपि्रकी मुलका अमेरिकीहरुको महत्वपुर्ण हात रहयो् ।
ओबामाले हवाईट हाउसमा जितेपनि अमेरिकी कंग्रेसमा तल्लो सदन हाउस अफ रिप्रेन्जेटिस्भस्मा भने विपक्षी रिपब्लिकन पार्टीले आफनो पकडलाई कायमै राखेको छ । जसले ओबामाको अघिल्लो कार्यकाललाई निकै चुनौतीपुर्ण हुने संकेत गरेको । माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट् आफनो वर्चश्वलाई कायमै राखेको छ् ।
Labels:
National News

Post a Comment