अब कटरिना र शाहरुख एउटै फिल्ममा खेल्ने मात्र होइन सँगै नुहाउने भएपछि कसकसलाई टाउको दुख्ने हो ? भन्न सकिन्न ।

बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री कटरिना कैफ यश चोपडाको पछिल्लो फिल्ममा सँगै अभिनय गरेपछि नजिकिएका छन् । किंग खान र कटरिना नजिकिएको कुरा कटरिनाका पूर्व प्रेमी सलमान खानलाई पटक्कै चित्त नबुझेको कुरा समेत बजारमा आएको थियो । तर अब कटरिना र शाहरुख एउटै फिल्ममा खेल्ने मात्र होइन सँगै नुहाउने भएपछि कसकसलाई टाउको दुख्ने हो ? भन्न सकिन्न ।
समाचार अनुसार शाहरुख र कटरिनाले एक विज्ञापनमा सँगै नुहाएको दृश्य दिने भएका छन् । लक्स साबुनको विज्ञापनमा यी दुइ सरीरमा साबुन दलेर रमाइरमाइ नुहाएको दृश्य दिन सहमत भएका हुन् । यद्यपि उनीहरुले बाथटबमा दुबैजना चोपलिएर नुहाउने हुन् की सावरमा नुहाएर दृश्य दिने हुन् त्यो भने खुल्न सकेको छैन । तरपनि शाहरुख र कटरिनाको उक्त बाथिङ सिन निकै हट हुने र यसले ठूलै तहल्का पिट्ने अपेक्षा गरिएको छ । स्मरण रहोस् सात वर्षअघि शाहरुख खानले लक्स साबुनको विज्ञापनमा एक्लै नुहाएको दृश्य दिएका थिए । उक्त विज्ञापनमा शाहरुख खान गुलाबका पात सहितको पानी भरिएको बाथटबमा नुहाउँदै गरेका देखिन्थे जहाँ वरीपरी महिलाहरुको हुल थियो । त्यतिबेला महिलाहरु केबल शाहरुखको वरीपरी थिए, तर यतिबेला भने शाहरुख र कटरिनाले लक्स साबुन सरीरमा दलेर मस्किँदै नुहाउने भएपछि यसले तहल्का नपिट्ने कुरै भएन । आउँदो सेप्टेम्बरमा यो विज्ञापनको शुटिङ हुने र तिहार सम्ममा टेलिभिजनमा देख्न पाइने बताइएको छ । शाहरुख र कटरिना अभिनित बलिउड फिल्म पनि सोही समयमा रिलिज हुने तयारी भैरहेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger