राजेशको प्रचण्ड र बीपी बन्ने चाहना

अमेरिकाबाट फर्के लगतै नायक राजेश हमाल चलचित्रको छायांकनमा व्यस्त भएका छन् । २०० भन्दा बढि सिनेमामा अभिनय गरिसकेका नायक हमालले अझै पनि आफुले चित्त बुझ्दो भुमिकामा काम गर्न नपाएको गुनासो बेला बेलामा व्यक्त गर्दै आएका छन् ।
पछिल्लो समयमा चलचित्रको अभिनय भन्दा निर्माणतर्फ आकषिर्त भइरहेका हमाललाई नेपालका चर्चित २ नेताको भुमिका पर्दामा निर्वाहा गर्न मन लागेको छ । अनलाइनखबरसँग कुरा गर्दै नायक हमालले यो रहस्य खोलेका हुन् । आखिर नेपाली चलचित्रका चर्चित नायक हमाललाई त्यस्ता कुन २ नेताले प्रभावित बनाए होलान् त ? नायक हमाललाई अहिलेका चर्चित नेता प्रचण्ड र जननायक वीपी कोइरालाको जीवनीमा आधारित भएर बुनिएको चलचित्रमा अभिनय गर्न मन लागेको छ । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘दुबै नेताको राजनीतिक आदर्श र सिद्धान्त भन्दा पनि जीवनबाट म प्रभावित छु ।’ ‘प्रचण्डको वाल्यकाल देखि जनयुद्ध हुदै खुल्ला राजनीतिसम्मको यात्रा पक्कै पर्दामा रोचक हुन्छ, हमालले भने ।’ हमाल भन्छन्, ‘प्रचण्डको जीवनयात्रा मलाई चलचित्रको भाषामा भन्नुपर्दा रंगिन लाग्छ ‘। वीपीको शालिन व्यक्तित्व र खरो रुपमा उत्रने बानीबाट प्रभावित भएका राजेशलाई चलचित्रको पर्दामा एकपटक उनको चरित्र निर्वाहा गर्न मन लागेको छ । चलचित्रको पर्दामा प्रायः गरिब गाउँको केटा देखि नायिकाको अंगालोमा नाच्ने नायकको भुमिकामा नै बढी देखिएका राजेशले प्रचण्ड र बीपीको भुमिकालाई निर्वाहा गर्दा दर्शकका लागि नौलो स्वाद हुनेछ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger