दुर्घटनामा एकको मृत्यु, २५ घाइते

२९ कात्तिक, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने २५ घाइते भएका छन् ।
काठमाडौंबाट बुटवल जान हिँडेको लु १ ख५१९७ नम्बरको बसले नवलपरासीको मुकुन्दपुरमा साइकलयात्रीलाई बचाउन खोज्दा अनियन्त्रित भएर पल्टँदा साइकलमा सवार मुकुन्दपुर ६ पितौजीका ८५ वषर्ीय खड्कबहादुर मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा घाइते भएका २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यसैगरी कावासोतीको पुष्पलाल चोकमा लु १ ख ४८०७ नम्बरको बुटवल गइरहेको बस र लु १ ज ५३६ नम्बरको जिप एकआपसमा ठक्कर खाँदा बसमा यात्रारत पाँच घाइते भएका छन् । उनीहरुको कालीगण्डकी अस्पताल कावासोतीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger