छोराले आफ्नै बाबुलाई गोली हानी हत्या गर्ने प्रयास

महोत्तरी, कात्तिक २८ । महोत्तरीको अनकार गाविस–९ बखरीमा सोमबार राति छोराले आफ्नै बाबुलाई गोली हानी हत्या गर्ने प्रयास गरेका छन् । जिल्लाको कोल्हुवा बगेया–६ बस्ने वर्ष ६० का रामजिनिस राउतलाई आफ्नै छोरा विमलेन्द्रकुमार शर्माले बखरी स्थित नातेदारको घर बसिरहेका बेला घरायसी विवादका कारण गोली प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक सुरज खड्काले रामजिनिस राउतको देब्रे पाखुरामा गोली लागेको बताउँदै उनको उपचार जिल्ला अस्पतालमा भइरहेको बताउनुभयो ।गोली प्रहारकर्ता छोरा भने हाल फरार छन् । रासस
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger