
१. कस्ता फिल्म हेर्नुहुन्छ ?
– त्यति सारा हेर्दिन । एकदम कम हेर्छु ।
२. छनोटमा कस्ता फिल्म पर्छन ?
–अँ, पछिल्लो समयमा ‘मसान’ फिल्म हेर्न पाइन । आफूले खेलेको बाहेक फरक खालका हेर्छु ।
३. ‘हाकु काले’ नाम कसरी आयो ‘लुट’मा ?
–पहिले काले मात्रै थियो । जात देखाउने सोच कसैको पनि थिएन । नेपाली गन्ध दिनको लागि नेवार समुदायको हाकु काले राखेको हो । फरकपनको लागि ।
४. मास्तर प्लान र बल हैन पासा डिमाग लगा जस्ता शब्द कसरी चयन गरियो ?
–खास नेवारी टोनमा बोल्छु भनेर सोच बनाइसकेपछि ठेट शब्द र लवज राख्दा राम्रो हुने देखियो र डेढ महिनामा यस्ता शव्दहरु चयन भएका हुन् ।
५. राजनीतितिर कत्तिको मन जान्छ ?
–यतातिर मलाई त्यति सारो ध्यान जाँदैन । मलाई राजनीतिमा रुची छैन । सिधै भन्दाखेरी मैले प्रत्रिका समेत पढदिन ।
६. नायिका कस्ता मन पर्छन ?
–कस्तो प्रकारको भन्न खोज्नुभाको ? कलाकार की अरु ? (लामो हाँसो)
७. दुबै ।
–सबै राम्रै लाग्छ । ऋचा पनि राम्रो लाग्छ । नम्रता पनि उस्तै लाग्छ । अरु पनि थुप्रै छन् ।
८. कस्ता गीत सुन्नु हुन्छ ?
–गीत त हरेक खाले सुन्छु । इन्डिया नजिक बसेर होला हिन्दी गीत र गजल धेरै सुन्छु ।
९. बिहे कहिले गर्नुहुन्छ ?
– तत्काल त केही सोचेको छैन । चाहेको बेला गर्नु पर्ला ।
१०. बिहेका लागि कस्ता केटी मन पर्छ ?
–कुरा बुझ्ने खालका केटी खोज्नुपर्ला ।

११. केटीको फोन कत्तिको आउँछ ?
–पहिले त खुब आउँथ्यो । तर लुट पछि त आउनै छाड्यो । फिल्ममा मेरो भूमिका देखेर सबै आत्तिन्छन क्यारे । त्यसैले फोन आउन बन्द छ ।
Post a Comment