बजेटका लागि अर्थमन्त्रीले कोइरालासँग भेटे

काठमाडौ, कार्तिक २१ - अर्थमन्त्री वर्षमान पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनेबारेमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालासँग छलफल गरेका छन् ।
कोइराला निवासमा आज बिहान भएको सो भेटवार्तामा अर्थमन्त्री पुनले राजनीतिक सहमति जुटाएर बजेट ल्याउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । मुलुक चुनावमा जाने निश्चित भएकाले सभापति कोइरालासँग अन्य राजनीतिक विषयमा पनि छलफल भएको अर्थमन्त्री पुनले बताए । देश राजनीतिक सङ्क्रमणबाट गुज्रेको बेला आर्थिक सङ्कट पनि बढेर तलबभत्ता दिन नसक्ने अवस्था आउने भएकाले यो अप्ठा्यारो बुझिदिन आग्रह गरेको उनले बताए । भेटवार्तामा सहभागी नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले सहमतिको राजनीतिलाई बिगार्ने गरी बजेट नल्याउन सभापति कोइरालाले अर्थमन्त्रीलाई भनेको जानकारी दिए । “वैशाखमा निर्वाचन हुने सहमति भएकाले बजेट पनि सहमति गरिसकेपछि आउँदा राष्ट्रिय अन्तर्राष्ट्रियरुपमा विश्वास र सहयोग बढ्छ,” डा रिजालले भने ।
केन्द्रीय सदस्य डा रिजालले सहमतिका साथ निर्वाचनमा जाने कुरा भइरहेको बेला बजेटकै कारण दलहरुका बीचमा बन्ला कि भन्ने विश्वासको वातावरणलाई अविश्वास, द्वन्द्व र सङ्कट बढाउने गरी काम नगर्न पनि सभापति कोइरालाले अर्थमन्त्रीलाई भनेको जानकारी दिए । अर्थमन्त्री पुनले शीर्ष तहमा राजनीतिक सहमतिकै लागि पहल गरी त्यहीबीचमा बजेट पनि आउने अपेक्षा गरे । राष्ट्रपति र सरकारबीच द्वन्द्व बढिरहेको हो कि भन्ने प्रश्नमा अर्थमन्त्री पुनले विगतमा राजनीतिक सङ्क्रमणलाई व्यस्थापन गर्न संविधानसभा नै मूख्य थलो थियो त्यो नहुँदा त्यसले निर्वाचित गरेका दुईवटा संस्था मात्र रहेकाले यो अवस्थामा दुईटै संस्था मिलेर जानुपर्छ, कमजोरी भए पनि त्यसलाई बढाएर लान हुँदैन कम गर्दै जानुपर्छ भने । रासस
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger