निगमको भ्रष्टाचार छानविन हुँदै

विराटनगर, कार्तिक २१ - नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको भ्रष्टाचार र अनियमीताका वारेमा वुझ्नएको टोलीले तिन दिनदेखि छानवीन गरी रहेको छ । आइबारबाट काम थालको उक्त टोलीले अझै केही दिन लाग्ने बताएको छ ।
निगम आन्तरीक नियन्त्रण विभिागका निर्देशक सागर सत्यालको संयोजकत्वमा गठीत चार सदस्य छानविन समिति यहाँ आएको हो । समितिमा निगमका उपनिर्देशक सरद पौडेल, प्रवन्धक चण्डी कार्की र आपुर्ती मन्त्रालयका शाखा अधिकृत श्रीराम भट्ट रहेका छन् । समितिले यहाँ विभिन्न पक्ष संग वुझि प्रतिवेदन बुझाउने छ । 'धेरै कुरा हेर्नु पर्ने भएकाले अझै केही दिन लाग्न सक्छ,' टोलीका सदस्य श्रीराम भट्टले भने, 'हामीलाई सात दिनको समय भएकाले विस्तृत बुझेर सत्य तथ्य वाहिर ल्याउँछौ ।'
निगमका क्षेत्रीय प्रवन्धक दिपक वरालसहितको मिलेमत्तोमा भाडाका ट्याङकरहरु संग कमिसन लिने गरेको, पुर्व क्षेत्रका पेट्रोल पम्पहरुले प्रतिलीटर ५० पैसा बढी मुल्यमा बिक्री गर्दा समेत कारवाही गर्न नसकेको, पेट्रोलियम पर्दाथ लिएर आउने ट्याङकरहरुबाट वाटैमा सिल तोडी तेल निकाल्ने गरेको लगाएतका अनियमीतताका आरोप छन् । निगमका कर्मचारीहरुकै मिलेमत्तोमा भारतवाट आउने ट्याङकरबाट बाटोमै २ सयदेखि ३ सय लिटर सम्म पेट्रोलीयम पर्दाथ निकाल्ने गरेको स्रोतको दावी छ । तेल नाप्ने यन्त्र निस्त्रिmय बनाएर प्रयोगमा नल्याई अनियमितता गरेको विषयमा टोलीले छानबिन गर्ने बताइएको छ । टोलीले ट्याङ्कीबाट पेट्रोलियम पदार्थको नमूना लिएर छानबिन शुरु गरेको समितिले जनाएको छ । सधै घाटामा जाने निगममा भ्रष्टाचार तथा अनियमितताका समाचार यस अघिपनि सार्वजनिक हुदै आएका छन् । यसरी हुने भ्रष्टाचार तथा अनियमिततामा राम्रोसंग छानविन हुन नसक्दा दोषीहरुले सधै उन्मुक्ति पाउनाले यस भित्रको भ्रष्टाचार मौलाउँदो छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger