सुष्मा कार्कीले अब भल्गर सिनेमा नखेल्ने
कार्तिक १९ - ‘उध्रेको चोली’ हिट डान्सर सुस्मा कार्की निर्माणधिन सिनेमा ‘वार’ को फ्लोरबाट आउट भएपछि के गर्दैछिन् ? उनका फ्यानहरु माझ कौतुहलको विषय हुन सक्छ । सुस्मा स्वयम्ले बताए अनुसार उनी अहिले फुर्सदमा छिन्, उनको हातमा एउटा पनि सिनेमा छैन । उनी घरमै बसेर कार्तिकको न्यानो घाम ताप्दै छिन् रे । सिनेमाको पर्दामा गर्मागरम दृश्यहरु दिएर चर्चामा आएकी सुस्मा घरमै किन त ? उनले जवाफ फर्काइन् ‘म राम्रो सिनेमाको पर्खाइमा छु ।’
सिनेमामा गोप्य अंग समेत प्रदर्शन गर्न पछि नपर्ने सुस्माले ‘राम्रो सिनेमा’ भन्ने वित्तिकै हामीले अर्को प्रश्न राखिहाल्यौ अब के तपाई न्यूड सिनेमाको पर्खाइमा हो ? ‘नो नो अब देखी म कहिल्यै भल्गर सिनेमा नखेल्ने मनस्थितिमा पुगेको छु ।’ पछिल्लो समय सिनेमा उद्योगमा सेक्सी र छोटा कपडा लगाउने नायिका भनेर चिनिएको सुस्माको यस्तो जवाफ आफैमा अचम्मको थियो ।
सुस्माले किन सिनेमामा भल्गर सिन नदिने निर्णय गरिन् त ? उनी प्रस्ट्याउँछिन् ,‘मैले यस अघि जति सिनेमाहरुमा त्यस्ता खाले सिन दिए केही नबुझेर दिए र त्यस्ले मलाई खासै फाइदा पनि गरेन त्यसैले अब म राम्रो क्यारेक्टर भएको सिनेमाको पर्खाइमा छु ।’ तर कस्तो राम्रो क्यारेक्टर ? सुस्मा खुल्न चाहिनन् । अहिले सुस्माको हातमा एउटा पनि सिनेमा छैनन् । उनले अभिनय गर्ने भनिएको सिनेमा ‘टाइम’ पनि कहिले देखी फ्लोरमा जाने भन्ने डेट फिक्स भइसकेको छैन ।
सिनेमा ‘लुट’ बाट एकाएक चर्चामा आएकी सुस्मा सिनेमा नपाएपछि साँस्कृतिक कार्यक्रम, म्यूजिक भिडियो र ‘सिस्नोपानी झ्याम्मै’ जस्ता लो–प्रोफाइलका टेलिश्रृखलमा सिमित हुन थालेकी छिन् । एक समय आफुलाई खुवै सेक्सी नायिका बताउने सुस्मा केही समयमै रित्तो हात बस्नु र भल्गर सिनेमा खेल्दिन भन्नुले नेपाली सिनेमामा सेक्स लामो समयसम्म टिक्दैन भन्ने एउटा गतिलो उदाहरण हो । - मेरोसिनेमा डट कम बाट साभार गरियको
Labels:
Kollywood

Post a Comment