श्रीमान श्रीमतीको २० -२० आरोप -प्रत्यारोप

अग्नीमा घुमेर सिउँदोमा सिन्दुर अनि गलामा पोते लगाइदिए पछि शुरु हुन्छ श्रीमान श्रीमतीको सुमधुर सम्बन्धको शुरुवात, जिन्दगीभरिको साथ अनि हरेक खुशि र दुःखमा सागै मिलेर अगाडि बढ्ने बाचा अनि कसमकासाथ बन्धनमा बाधिए पनि श्रीमान र श्रीमती बीचमा सानो-सानो कुराहरुलाई लिएर तिता मिठा कुराहरु आरोप-प्रत्यारोप गर्नु सामान्य कुरा नै हो । श्रीमतीको आरोप श्रीमानलाई ::::::: १. अफिस जाने बेलामा मोजा, घडी, रुमाल जस्ता साना-साना कुरामा पनि श्रीमतीको नै सहयोग चाहिन्छ ।
२. दिक्क लाग्छ , जब बेलुका आएर सोध्छन्, के गर्दै बसिस् दिनभरी ? म त बिहानै निस्केको हुा । पलंगमा राखेको चिसो तौलिया सुकाउने, खाना बनाउने, कपडा धुने, बच्चाको टिफीन बनाउने, कपडामा आइरन गर्ने, पानी भर्ने काम चाहि के अरु कोहि आएर गरिदिन्छ ? ३. अफिसमा काम यिनीहरु गर्छन् तर सेवक हामी बन्नु पर्छ । ए...मेरो डायरीबाट यसको नम्बर देउ त, फलानो ठाउाबाट फलानोको एड्रेस देउ आदि । यदि फोन आयो र उठाउन ढिला भयो भने कहाँ गएकी थिइस ? को संग बिजि थिइस् ? जस्ता हजार प्रश्न गर्छन् । ४. आफ्नो आमाबाबुको त यी आदर्श पुत्र मानिन्छन् तर विवाह पछि यिनीहरुको दायित्व भनेको मात्र आमा बाबु ले खाना खाएकी खाएका छैनन्, टाइममा औषधि दिएको कि छैन, बुबाको आँखा चेक गर्नु थियो के भयो ? आदि आदि । ५. घर आउनासाथ श्रीमान महोदय हातमा टिभीको रिमोट लिन्छन् र श्रीमतीलाई पनि खुबै माया गरेजस्तो गरेर साथमा राख्छन् । अब यिनीहरु च्यानल बदलिरहन्छन् तपाई श्रीमान महोदयको मुखमा हेरिरहनुहोस् तर जब तपाईंले कुनै च्यानल हेर्न शुरु गर्नुहुन्छ नि बकवास भनेर च्यानल हतार-हतार परिवर्तन गरिहाल्छन् । यदि क्रिकेट दिदैछ भनेत यी महाराजालाई खान पनि ओच्छ्यानमा नै पुर्‍याइदिनुपर्छ, छिन् छिन्मा चियाको कप टक्राउनु पर्छ । ६. यी केटा मान्छे श्रीमतीमा आफ्नो आमाको छयां नै देख्न खोज्छन् । तपाईं खाना जतिसुकै मिहिनेत लगाएर बनाऊनुहोस् तर तारिफमा आमाको पुराण वा आमाले बनाएको खानाको गाथा । यहि बाट शुरु हुन्छ हामी महिलाको कथा-व्याथा । अब त यी बच्चा होइनन् नि हरेक कुरामा आमालाई पुकार्ने । ७. खुब हास्न मन, लाग्छ यी श्रीमानहरु आफुलाई सुपर म्यान सम्झन्छन् अनि श्रीमतीलाई महामूर्ख । ८. आफ्नो स्मार्टनेशलाई लिएर भ्रममा रहन्छन् यिनीहरु । छिमेकीकी श्रीमती म प्रति मरिमेट्छे भन्ने सोच्छन् यदि कपाल सेतै फुलेको छ र दाँत फुस्केको छ भने पनि । ९. ओहो.... कुनै फुटेको सामान रिपेयर गर्ने मूड आयो भने तपाईं खाना खान बोलाएर खाना तताउादै पर्खीरहनुहोस् । यदि बन्यो भने कलर उचाल्दै भन्छन् मैले आाटे पछि के हुादैन तर बनेन भने दोष दिनलाई हामी श्रीमती त छादैछौ नी । १०. यिनीहरुले गरेको हरेक फजुल खर्च आवश्यक खर्च हुन्छ तर श्रीमतीले थोरै मात्र फजुल खर्ज गरेको थाहा पाए भने महंगी र आम्दानीको हिसाब देखाउन थाल्छन् । गाडिमा नयाँ नयाँ सिट कवर फेर्न यिनीहरुलाई लोभ लाग्दैन तर हामीले एउटा म्याचिङ् सेन्डल किन्यो भने भन्छन् कसले हेर्छ तेरो खुट्टाको सेन्डल ? के गाडिको कवर आउने जाने मान्छेले ओल्टाइ पल्टाई निहुरेर हेर्छन् ? ११. ड्राइभर सिटमा बसे भने कुनै महाराजा भन्दा कम आफुलाई सम्झदैनन्, ठाउं खोज्नको लागि जतिसुकै चक्कर लगाउानु परे पनि केहि फरक पर्दैन तर जब श्रीमतीको कारणले एक चक्कर मात्र बढी लगाउनु पर्‍यो भने तुरुन्तै पेट्रोलको बढ्दो दाम, लाइनमा बस्नुपर्ने समस्या देखाउन थाल्छन् । १२. विवाह भन्दा पहिले सभ्य, सुसंस्कृत या शेयरिङ्-केयरिङ् खालका हुन्छन् । विवाहपछि त हेर्नु श्रीमानलाई श्रीमानको अधिकार मात्र याद आउाछ । म भन्ने शब्द अलि बढी नै प्रयोग हुन्छ । १३. बर्थ डे या कुनै विशेष दिन भुल्नु यिनीहरुको बानीनै बनिसको छ । यदि श्रीमतीले दुःख मन गर्‍यो रिसायो भने फकाउान त कहाँ हो कहाँ कामको यति धेरै बहाना बनाउाछन् कि बिचरा श्रीमती अपराधबोधले नै घेरिन्छन् । १४. श्रीमतीको माइत त्यो बेला सम्म राम्रो लाग्छ जब सम्म साली हांसि मजाक गर्छे, भिनाजुको खातिरदारी गर्छे । तर यदि श्रीमती माइतमा आफ्नो भाइ-बैनी, नाता-गोतासाग मिलेर रामाउान थाली भने मूड अफ हुन बेर नै लाग्दैन । १५. श्रीमतीले चाहिा आफ्नो इमेल आइडी, पासवर्ड, बैक स्टेटमेन्ट सबै बताउनु पर्छ तर यिनीहरुको मोबाइलको म्यासेज पनि श्रीमतीले पढ्यो भने ठूलै भू-कम्प गएजस्तो लाग्छ । १६. तर्क गर्दा यदि श्रीमती सहि छ भने पनि हार मान्न चाहदैनन् । बरु चार पैसा के कमाउन थालि कुरै पिच्छे बहस गर्नथाली जस्ता शब्द सुन्नु पर्छ । १७. आफ्नो गर्ल फ्रेन्ड को कहानी खुब शानले सुनाउाछन् तर श्रीमतीले साथी या छिमेकीको कुरा गर्‍यो भने पनि शंकाको दृष्टिले हेर्नथाल्छन् । १८. यदि बच्चाले केहि राम्रो गर्छन् भने शान संग भन्छन् मेरो छोरा या छोरी हो तर केहि गल्ती गर्‍यो भने तेरो ट्रेनिंग त हो । १९. चिया पसलमा दिनभरि गफ छाटेर नै किन नबिताउन, श्रीमती अफिस अनि घरको काम दुबैलाई सम्हालि रहेकै किन नहोस् तर पनि श्रीमतीलाई नै धाक दिन्छन् अझ मैले तलाई यति स्वतन्त्र दिएर सुख साग पालेको छु भन्दै । २०. जब श्रीमान महोदयका साथी आएर गफ गर्न थाल्छन् नि हामी त कुक नै बन्नु पर्छ । छिन छिन्मा अडरहुन थाल्छ चट्ट परेको बाक्लो चिया बनाउ, छिटो गरेर नास्तामा यो बनाउ, तातो पानी लेउ आदि आदि । अब हेरौ श्रीमानको आरोप श्रीमतीलाई:::: १. बहाना बनाउन र बेबकूफ बनाउन त यी महिलाहरुसाग नै सिक्नुपर्छ । श्रीमानको कोहि मान्छे आउने खबर सुने भने कतिबेला कहाँ दुख्न थाल्छ या कुन बाहिरको काम आइलाग्छ ब्रम्हाले पनि बुझ्न सक्दैनन् । २. आफ्नो सुन्दरता र मोटो या पातलोको चिन्तामा दिनभरी व्यास्त रहन्छन् र हामीलाई समेत बोर पार्छन् । घरमा सधै डाइटिङ् हुन्छ तर कुनै पार्टीमा जानु पर्‍यो भने सबैभन्दा चिल्लो पिरो खानेमा यिनीहरुनै अगाडि हुन्छन् । ३. यिनीहरुको कुरा काट्ने बानी या नकारात्मक सोचले राम्रो श्रीमानलाई पनि नेगेटिभ बनाउन सक्छन् । ४. पर्खाउनु त यिनीहरुको बिशेख खुबि नै हो । पार्टीमा जानको लागि हामी श्रीमान तयार भएर बस्नु पर्छ तर मेडम डिसाइड नै गर्न सक्दिनन् कि कुन ड्रेसमा बढी आकर्षक र पातली लाग्छु भन्ने कुरा । अगाडि आएर सोध्छन् कस्ती देखिएकी छु ? धेरै राम्री, भन्ने पर्छ नत्र त पर्खाइको घडी अझै बढ्न सक्छ । ५. अर्काको देखासिकी गर्नु श्रीमतीको प्रिय शोक हो । अर्काको फर्निचर, गहना, कपडा सबै राम्रो लाग्छ यहाँ सम्मकी सासु, नन्द, देवर र श्रीमान पनि अरुकै राम्रो लाग्छ । ६. आफुलाई सर्वगुण सम्पन्न सम्झने भ्रम यिनीहरुले विवाहको दिन देखि नै पालेका हुन्छन् । ७. जब श्रीमानको साथमा बस्छन् नि यी श्रीमतीहरु कुरा घुमाइ फिराइ पैसामा नै ल्याएर मूड अफ बनाइदिन्छन् । ८. आफ्नो अफिसको स्टाफ र श्रीमानको तुलना गर्न यिनीहरुको दैनिकीमा शामेल हुन्छ । केहि बोल्यो भने महाभारत खडागरिदिन्छन् । ९. यिनीहरुको मुड परिवर्तन हुन समय नै लाग्दैन । हिजोसम्म राम्रो सम्बन्ध भएकी छिमेकी महिलासाग श्रीमानले दुइ शब्द बोल्यो भने कुरा औपचारिक हुन थाल्छ अनि श्रीमानलाई पनि बोल्नबाट रोक्न थाल्छन् । १०. महिलाको छैटौ इन्द्रियको खोज जसले गर्‍यो त्यसलाई त मान्नै पर्दछ । यदि हामी श्रीमानबाट केहि गल्ति भयो र श्रीमतीलाई बतायो भने उनीहरुको रिएक्शन हुन्छ- मलाई पहिले नै थाहा थियो तिमी यस्तै गर्छौ भन्ने कुरा । ११. यिनीहरुको माइतीको पुराण बुबाले चाहनुहुन्छ, भाइले भन्थ्यो, आमाले यसो गर्नुभो सुन्दा-सुन्दा कान नै पाक्छ । यो जिदगीको सबै भन्दा बोरिङ् अध्याय हो । १२. यिनीहरुको जासुसी र तर्कको अगाडि त ठूला-ठूला जासुस पनि हार मान्छन् । कहाँ, कसको साथ, किन, कहिले आदिको जवाफ दिने समयमा सावधान रहनु पर्छ । पल्लो कोठाको फलानोको श्रीमानत अघि नै घर आइसके तपाईलाई चाहि किन ढिला भयो ? जस्ता प्रश्न । १३. कपडा जतिसुकै होस तर कहीं जानु पर्‍यो भने के कपडा लगाउनु ? कहिले देखि तपाईंले मलाई कपडा नै किनिदिनु भएको छैन भन्दै आशु झारेको श्रीमानले नै हेर्नुपर्छ । १४. कुरा मनाउनु छ भने यिनीहरुको धेरै प्रभावशाली अस्त्र भनेको आशु नै हो । केहि कुरा गर्‍यो कि गंगा जस्तै आँखा रसाइरहन्छ । १५. सामानलाई मिलाएर ठाउामा राख्ने र सरसफाइगर्ने भूत चौबीसै घण्टा यिनीहरुको शिरमा चढिरहेको हुन्छ । श्रीमानबाट सामान यता-उता भयो भने पुराण सुनाउान थाल्छन् । तर यदि आफ्नो भाइले आएर सामान कोठा भरि फैलाएर छोड्यो भने पनि खुबै चेब्रे पारेर भाइको बच्पना अझै गएको छैन भन्दै खुशि खुशि मिलाउन थाल्छन् । १६.. जन्म दिन या एनिर्भसरिज भूल्दैमा यति धेरै इमोशनल किन हुन्छन् । यदि भूल्यो भने पनि कुन चाहि पहाडै झर्छ र ? १७. अफिस जाने बेलामा खुबै मायालु स्वरमा सोध्छन्- आज डिनरमा के खाने ? यदि तपाईंले आज पिज्जा या चिकन चिल्ली, रोस्ड खाने भन्नुभयो भने तपाईंको वजन अनि ती खानेकुराको क्यालोरी गन्दा-गन्दा पेट नै भराइ दिन्छन् । बन्छ त्यहि जो श्रीमतीको सुबिधा अनुशार हुन्छ । फेरि किन सोध्नु पर्‍यो नि ? १८. श्रीमतीको कमाइ चाहि पकेट मनी, अनि हाम्रो कमाई चाहि घर खर्चको लागि हुन्छ । यदि कम भयो भने श्रीमानको हरेक शौकमा टिक्का टिप्पणी शुरु गर्छन् । १९. थाहा छैन कहाँ कहाँ बाट रेसिपिज बटुलेर ल्याउाछन् र श्रीमानलाई प्रयोगशाला नै बनाउाछन् । फेरि प्रशंशाको आशा पनि राख्छन् । २०. यिनीहरुको शपिङ्को शिकारहुनबाट भगवान नै बचाउान सक्छन् । नाइ भन्न पनि खतरा बाट खालि छैन अनि हुन्छ भन्दा पनि समस्या । १०-१५ रुपैयाको लागि पसले संग किच-किच गरिरहन्छन् । मानेन भने पसलबाट निस्केर हिडिदिन्छन् । लाजले हामीले नै पसले संग नजर झुकाएर हिड्नु पर्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger