मलेसियाका लागि नेपाल दोस्रो स्रोतमुलुक

मलेसिया, कार्तिक २१ - मलेसियाका लागि कामदार आपूर्ति गर्ने मुलुकमध्ये नेपाल दोस्रो स्थानमा रहेको हालैको एक तथ्यांकले देखाएको छ ।
केही दिनअघि सार्वजनिक उक्त तथ्यांक अनुसार वैधानिकरूपमा रहेका करिब १६ लाख आप्रवासी कामदारमध्ये इन्डोनेसियालीपछि नेपाली दोस्रो स्थानमा छन् । गत जुलाई महिना सम्म २ लाख ७९ हजार ४ सय २१ नेपाली देखिएका छन् । इन्डोनेसियालीको संख्या ७ लाख ६७ हजार ५ सय ९० छ । तेस्रो स्थानमा म्यान्मारका १ लाख ३४ हजार १ सय ४८ र बंगलादेशी, ९१ हजार २ सय २२ रहेका छन्् । मलेसिया नेपाली कामदारका लागि प्रमुख आकर्षक गन्तव्य हो । यस वर्ष मात्रै करिब ४० हजार नेपाली मलेसिया आएको सरकारी तथ्यांक छ । नेपाल सरकारले मलेसिया आउनेको मात्र तथ्यांक राख्ने तर र्फकनेको तथ्यांक नराखेकाले यकिन तथ्यांक आएको थिएन । गत वर्ष गरिएको आममाफी एवं वैधता कार्यक्रमको एक तथ्यांकले नेपालीहरू २ लाख ३४ हजार वैधानिक र करिब ३३ हजार अवैध रहेको देखाएको थियो ।
मृतकका परिवारलाई दुई लाख सहयोग रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका गोविन्दबहादुर निरौलाको परिवारलाई आर्थिक सहयोग पठाइएको छ । तेह्रथुम ओख्रे-३ का निरौलाका परिवारलाई मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग स्वरूप ७ हजार २ सय ९९ रिंगिट -करिब २ लाख रुपैयाँ) संकलन गरी पठाएका हुन्् । उनीहरूका अनुसार उक्त रकम मृतक निरौलाकी आमा जयन्तीदेवी निरौलाले प्राप्त गर्ने गरी अघिल्लो साता पठाइएको हो । मृतकका परिवारलाई सहयोग गर्न तेह्रथुम प्रवास समिति, लिम्बुवान मञ्च र तेह्रथुम ओख्रेबासीहरूको संयुक्त पहलमा कुल १३ हजार ८ सय ८९ रिंगिट -करिब ३ लाख ८५ हजार रुपैयाँ) संकलन गरिएको थियो । संकलितमध्ये ६ हजार ५ सय ८८ रिंगिट शव पठाउन खर्च भएको रकम संकलनमा सक्रियमध्येका विष्णु राईले बताए । मृतक निरौलाको शव र सहयोग रकम समेत उनका परिवारजनले बुझिसकेका छन्। यहाँको पेनाङमा कार्यरत निरौला करिब १ महिनाअघि भाल्डोर भन्ने ठाउाको एक सडकमा मृत अवस्थामा भेटिएका थिए । आर्थिक अभावका कारण उनको शव समेत स्थानीय अस्पतालमा केही साता राखिएको थियो । नेपालीको पैसा लुट्नेलाई १० वर्ष जेल मलेसियाको अदालतले नेपाली युवाको पैसा लुट्ने एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाएको छ । यहाँको सेन्तुलस्थित मन्जालरामा कार्यरत २६ वर्षीय सूर्यबहादुर जोगीको एक सय रिंगिट लुटेका एक प्राविधिज्ञलाई अदालतले गत शुक्रबार १० वर्ष जेल र ५ कोर्राको सजाय सुनाएको समाचार संस्था बर्नामाले उल्लेख गरेको छ । उनले गत वर्ष अक्टोबर २९ को बिहान ७.३० बजे सूर्यबहादुरको साथमा रहेको १ सय रिंगिट र कामको हाजिरी पत्रसमेत लुटेका थिए । एक वर्षअघिदेखि लुटपाटको आरोपमा मुद्दा खेप्दै आएका ३० वर्षीय कुला राजाकुमारलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएपछि सूर्यबहादुरले न्याय पाएका हुन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger