वैज्ञानिकले भने माया-पिरेमले बिगार्छ मान्छेको मति..
अव त वैज्ञानिकहरु पनि हाम्रै बुढा पाकाका बोली बोल्न थालेका छन् । भर्खरै सम्पन्न एक खोजको नतिजा पछि त वैज्ञानिकहरुले भन्न थालेका छन् माया प्रेमले बिगार्छ मान्छेको मति । खोजकर्ताहरुले प्रेममा परेका मानिसहरको
दिमागको रसायन परिवर्तनको म्यापिङ गरेका थिए।म्यापिङमा प्रेममा परेका मानिसको दिमागको कुन हिस्साले काम गर्न शुरु गर्छ र कुन हिस्साले काम गर्न बन्द गर्दछ,पत्ता लगाइएको थियो।
स्क्यानिङ प्रविधी प्रयोग गरेर स्नायुतन्त्र विशैषक्षहरुले यो रहस्य सल्झाएका थिए,जसबाट प्रेममा परेको मानिस किनचञ्चल र हास्यास्पद सम्म हुन्छ पत्ता लगाउनेकोसिश गरिएको थियो।प्रेमा पर्दा मानिस किन नर्वस र अस्थिर बुद्धीको हुन्छ, यो पनि खोजीको विषय थियो ।
खोजीमा वैज्ञानिकहरुले के पाए भने प्रेममा परेका मानिसको अग्रिम कोर्टेक्स बन्द हुन्छ,जुसले दिमागमा निर्णय लिनमा महत्वपुर्ण भुमिका खेल्दछ। एमआरआई स्क्यानबाट पत्ता लगाइए अनुसार कोर्टक्स तब बन्द भयो जव मानिसलाई उसको सर्वाधिक प्रिय व्यक्तीको फोटो देखाइयो ।
युनिभर्सिटी कलेज अफ लण्डनका न्युरो एस्थेटिक्सका प्रोफेसर सेमिर जकीले भने-'जव तपाई कसैलाई गहिरो प्रेम गर्नु हुन्छ,तपाइकोदिमागको केही हिस्सा सक्रिय हुन्छन् तर ठुलोहिस्सा भने निष्क्रिय हुन्छ जसले निर्णय लिने प्रक्रियामा ठुलो भुमिका रहन्छ ।'
खोजका अनुसार प्रेममा परेका मानिसको दिमागमा डोपामाइन नामक रसायन उच्च मात्रामा हुन्छ।
Labels:
Latest Updates

Post a Comment