यौन शोषणको प्रश्न आउँदा हिरोइनले के जवाफ दिइन्?

बुक वर्म ट्रस्टले आयोजना गरेको चार दिने नेपाल लिटरेचर फेस्टिभलमा धेरै विषयमा छलफल भए। फेस्टिभलको अन्तिम दिन अन्तिम कार्यक्रम नेपाली सिनेमामा हिरोइनहरुको चित्रणबारे अहिलेका हिरोइनहरुबीच छलफल भएको थियो। सहभागीहरु – ऋचा शर्मा, दिया मास्के, निशा अधिकारी, बिनिता बराल। मोडरेटर थिइन् नम्रता श्रेष्ठ। समूहगत छलफलपछि दर्शकको प्रश्न लिने पालो थियो। हिरोइनहरुको यौन शोषण हुन्छ भन्ने सुनिन्छ नि, अस्ति भर्खर एउटी हिरोइनले आत्महत्या गरिन्। यसबारे के भन्नुहुन्छ- एक दर्शकले प्रश्न सोधे।
प्रश्न तेर्सिएपछि ऋचा शर्माले जिब्रो टोकिन्। नम्रता गम्भीर भइन्। यो प्रश्न कसलाई भनेर नम्रताले दर्शकलाई सोधिन्। दर्शकले सबै हिरोइनलाई भने। एकजना मात्र भन्नुस्, नम्रताको आग्रह। त्यसो भए तपाईँले नै दिइदिनुस्- दर्शकको जवाफ। ताली बज्यो दर्शकको। तर नम्रताले नर्भस नभई दर्शकहरुले निशाजी भन्नुभए जस्तो छ भन्दै जवाफ निशा अधिकारीलाई दिन लगाइन्। निशाले यसको कुटनीतिक जवाफ दिइन्। के जवाफ दिइन्, तलको भिडियोमा हेनु होस्
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger