अमेरिकी चुनावबाट नेपालले सिक्नुपर्ने पाठ ओबामाबाट नेपाललाई के फाइदा ?

अमेरिकी चुनावबाट नेपालले सिक्नुपर्ने पाठ ओबामाबाट नेपाललाई के फाइदा ? =============== === २२ कात्तिक, काठमाडौं । शक्तिशाली देश अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको चासोर सरोकार अरुलाई जस्तै नेपालीहरुलाई पनि रहृयो ।
कति ओबामाको पक्षमा थिए, कतिपय रोम्नीको । निकै प्रतिष्पर्धाक चुनावमा ओबामाको जितले धेरै नेपालीलाई खुशी बनाएको छ। उनको राम्रो छवी र प्रशंसनीय कामले धेरै नेपाली ओबामाको पक्षमा रहेको देखियो । त्यसो त रोम्नीका प्रशंसक पनि उस्तै थिए । ओबामाको जितले धेरैलाई खुशी र केहीलाई दुःखीबनाएपनि अमेरिकाको राजनीतिक संसकारबाट चाहिँ धेरै नेपाली प्रभावित भएका छन् । चुनावी परिणामपछि आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा ओबामा र रोम्नीले देखाएको व्यवहारले धेरैलाई प्रभावित बनायो । रोम्नीले आफ्नो पराजयलाई सजिलै स्वीकार गरे । ओबामालाई बधाई दिए र सफल कार्यकालको शुभकामना दिए । आफ्ना उम्मेद्वारको पराजयमा कार्यकर्ता निराश र आक्रोशित देखिएनन् । आफ्नो पराजयपछि रोम्नीले कार्यकर्तासमक्ष गरेको सम्बोधन टेलिभिजन मार्फत हेर्नेहरुकोटिप्पणी थियो -’राजनीतिक नेता र कार्यकर्ता तयस्तो पो हुनुपर्छ । हाम्रा यहाँ त नेताले सजिलै पराजय स्वीकार्दैनन्, नेताको निधनपछि कार्यकर्ता सडकमा ढुगा हान्न पुग्थे । तर अमेरिकामा त कस्तो राम्रो व्यवहार ।’ जसरी हारमा रोम्नी निराश र आक्रोशित भएनन्, त्यसैगरी ओबामाले पनि जितमा दम्ब देखाएनन् ।शालिन शैलीमा सबैलाई अभिवादन गरे । फूर्तिफार्ती र घमण्ड प्रदर्शन गरेनन् । अमेरिकाको राष्ट्रपति चुनावमा देखिएको राजनीतिक संस्कारलाई नेपाली नेताहरुले बुझ्नुपर्ने परराष्ट्रविद जयराज आचार्यले बताउनुभयो । ‘जित्ने र हार्नेले एकआपसमा सम्मान गरे, जुन निकै उदाहरणीय कार्य हो’ आचार्यले अनलाइनखबरसित भन्नुभयो-’यस्तो कार्यशैली हाम्रोमा निकै कम मात्र देखिन्छ ।’ यस्तै चुनावको क्रममा दुवै उम्मेद्वारले जनतासमक्ष प्रस्तुत गरेको नीति र खर्चको पारदर्शिता पनि उदाहरणीय भएको उहाँले बताउनुभयो । ‘दुवै उम्मेद्वारले जनतासमक्ष पारदर्शी नीति प्रस्तुत गरेका थिए । अर्कोभन्दा आफू राम्रो छु भनेर देखाउन उनीहरुले पटकपटक जनतासमक्ष छलफल गरे । चुनावी अभियानमा उनीहरुले गरेको खर्च निकै पारदर्शी थियो । अनि उनीहरुले चुनावी कार्यक्रममा दुरदर्शिता प्रदर्शन गरेका थिए। यो कुरा हामीले पनि सिक्न जरुरी छ’ आचार्यले भन्नुभयो । ओबामा भएर के त ?
केहीकेहीले त्यति वास्ता नगरेपनि धेरै नेपालीलाई अमेरिकी चुनावको तातो लागेको थियो । बुधबार बिहानदेखि त धेरैजना टेलिभिजनकै अघिल्तिर झुम्मिए । ओबामा र रोम्नी कसले जित्छ भन्ने अड्कलबाजी पनि उस्तै रहृयो । शुरुको गणनामा रोम्नी अघि हुँदा धेरैजना निराश पनि देखिए । तर ओबामाको जित सुनिश्चित भएपछि धेरै खुशी भए । शक्तिशाली देशको शक्तिशाली राष्ट्रपतिको चुनावप्रति अरुलाई जस्तै नेपालीलाई पनि चासो हुनु स्वभाविक नै हो । यसबाहेक ओबामाको जितले नेपाल र नेपालीलाई के फाइदा पुग्छ त ? परराष्ट्रविद जयराज आचार्यको भनाई यस्तो छः ‘धेरै नेपाली अमेरिकामा छन् । कोही कानुनी रुपमा र कतिपय गैरकानुनी रुपमा पनि । ओबामाले महिनाम डेढलाख रोजगारी सृजना गरेका छन् । यसको फाइदा त्यहाँ रहेका बिभिन्न मुलुकका नागरिकले जस्तै नेपालीले पनि पाउँछन् । ओबामाको कार्यक्रम र नीतिले काम पाउने सम्भावना बढाएको छ । अर्को कुरा गैरकानुनी रुपमा बस्नेलाई पनि त्यहाँबाट नहटाउने ओबामाको नीति छ । यसले दुवै थरी नेपालीलाई फाइदा पुग्छ । अर्को कुरा ओबामालेभारत र चीनलाई नरम दृष्टिले हेर्छन् । नेपाल ती दुई देशबीच रहेकाले भारत र चीनसँग अमेरिकाले राख्ने सम्बन्धले ठूलो असर गर्छ ।भारत र चीनसँगको नरम सम्बन्धले नेपाललाई पनिफाइदा पुग्छ । तर रोम्नीको चीनप्रतिको दृष्टिकोण कडा खालको थियो । उनी विजयी भएको भए अमेरिका र चीनबीचको सम्बन्ध बिग्रन सक्थ्यो । त्यसले नेपाललाई पनि असर पाथ्र्यो। त्यसैले रोम्नीको भन्दा ओबामाको जितले नेपाल र नेपालीलाई फाइदा पुग्ने देखिन्छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger