
मंसिर १३ – निर्माण यूनिटले एग्रिमेन्ट अनुसारको रकम चुक्ता नगरेको भन्दै ‘कलिउड’ डेव्यू नायिका पायल थापाले सामाजिक सञ्जाल फेसबुकमा हारगुहार मागेकी छिन् । ‘कलिउड’ यूनिटले एग्रिमेन्ट अनुसारको रकम भुक्तानी नगरेर आफुमाथि गद्धार गरेको भन्दै पाययलले हिजो फेसबुक वालमा स्टाटस अपलोड गरेकी थिइन् । तर केही क्षणमै उनले उक्त स्टाटस डिलिट गरिन् । खासमा कुरो के हो त ? उनी निकट स्रोत भन्छ , ‘साइनिङ अमाउन्ट बीस हजार र बिचमा लिभिङ खर्च बाहेक पायलले अरु कुनै रकम पाएकी छैनन् ।’ स्रोतको भनाइ अनुसार निर्मातासँग पायलको सुटिङ सकिएपछि पूरै रकम चुक्ता गर्ने सम्झौता भएको थियो । तर सुटिङ सकिएपछि पनि निर्माताले पैसा दिन कुनै चासो नदेखाएको र पायलले पठाएको म्यासेज र कल पनि रिसिभ नगरेको उनी निकट स्रोतले मेरो सिनेमालाई जानकारी गराएको छ ।
तर सिनेमाका निर्माता टंक बहादुर कार्की भने पायलले लगाएको उक्त आरोपलाई मान्न तयार छैनन् । निर्माता कार्की दाबी गर्छन् , ‘पायललाई हामीले सुटिङ अगाडी नै एग्रिमेन्ट गरेकोमध्ये पचास प्रतिशत रकम दिइसकेका छौ ।’ तर पायलले किन पैसा नदिएको भन्दै स्टाटस अपलोड गरिन् त ? भन्ने मेरो सिनेमाको प्रश्नमा निर्माता कार्की भन्छन् , ‘उहाँले किन त्यसो गर्नु भयो मलाई थाहा छैन पायलको बाँकी रहेको रकम हामी छिट्टै चुक्ता गर्दैछौं ।’ नायिका पायलले ‘कलिउड’ यूनिटलाई पैसा नदिएको आरोप लगाउँदै फेसबुकमा स्टाटस अपलोड गरेपछि निर्माता टंक बहादुर कार्कीले आजै पायलको बैंक अकाउन्टमा बाँकी रकम (रु.पचास हजार) जम्मा गरिदिने बताएका छन् । ‘कलिउड’ मा पायललाई एक लाख रुपैयाँमा अनुबन्धित गरेको बताइएको छ ।
- मेरो सिनेमा डट कम बाट साभार गरिएको
Post a Comment