पारिश्रमिक पाएनन् निर्देशकले, रोकियो ‘लभ यु म्यान’ को सेन्सर

आफुले निर्देशन गरेको सिनेमाको सेन्सर रोकिपाउँ भन्दै कमै मात्र निर्देशकले उजुरी हाल्छन् । नेपाली सिनेमामा निर्देशकले सिनेमाको सेन्सर रोकिपाउँ भनी उजुरी दिएका घटना कमै मात्र सुनिएका छन् । तर चलचित्र ‘लभ यु म्यान’का निर्देशक वीपी फुयाँलले पारिश्रमिक नपाएको भन्दै सिनेमाको सेन्सर रोक्न उजुरी हालेका छन् । उनले उजुरी हालेपछि सिनेमाको सेन्सर रोकिएको छ । निर्माता युवराज खत्रीले भने, ‘हामीले उहाँलाई सबै रकम वुझाइसकेका छौ, तर किन यस्तो गर्नुभयो अचम्ममा परेका छौ ।’ युवराजले वीपीसँग मिलेर यसअघि ‘द लाष्ट किस’ नामक सिनेमा निर्माण गरेका थिए । तर चलचित्र ‘लभ यु म्यान’को निर्माणसगै यि दुइबिच फाटो आएको थियो । मंसिर २२ गतेबाट प्रदर्शनमा आउने भनिएको सिनेमाको निर्माणपक्ष सेन्सर रोकिएसँगै तनाबमा छ । यसबारेमा निर्देशक फुयाँलसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आउन सकेनन् । (अनलाइन खबर बाट साभार गरिएको)
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger