हाम्रो डेटिङ घरमै हुन्छ : नायिका दाहाल

रुद्राक्ष, सुरक्षा गार्ड, ब्ल्याक नाईट, बर्षात लगायतका चलचित्रमा अभिनय गरि सकेकी नायिका मोनिका दाहालको चलचित्र ‘लभ इज लाईफ’ यतिबेला देशभरि प्रदर्शन भई रहेको छ । टेलिसिरियल, म्युजिक भिडियो हुँदै सिनेमाको नायिका बनेकी मोनिकालाई रोनाधोना, दुःखपिडाको भुमिका मनपर्ने भएता पनि अहिलेसम्म त्यस्तो भुमिकामा प्रस्तुत हुन भने पाएकी छैनन् । अहिलेसम्म गरेको भुमिकाहरु मध्ये चलचित्र ‘लभ इज लाईफ’मा गरेको भुमिका नै उनलाई उत्कृष्ट लाग्छ । ‘लभ इज लाईफ’मा उनी सि.आई.डी को भुमिकामा देखा परेकी छिन् । ५ फिट ५ इन्च अग्ली मोनिकालाई आफु साडी चोलोमा राम्री देखिन्छु भन्ने लाग्छ । मुल घर सिन्धुली भएपनि अहिले भनें उनी परिवार सहित काठमाडौं सरस्वतीनगरमा बस्छीन् । काठमाडौं छिरेको तीन बर्षमै उनी सिनेकर्ममा ब्यस्त बन्न थालेकी छिन् । जीवनलाई संघर्षको रुपमा लिने उनै मोनिका दाहालसँग गरिएको कुराकानी पढाई कहाँ पुग्यो ? बि.ए तेस्रो बर्षमा अध्ययन गर्दैछु । हिरोईन नभएको भए तपाई के बन्नुहुन्थ्यो होला ? त्यो भन्नलाई त गाह्रै छ । तर पनि मलाई बिजनेसमा रुचि छ । तपाई आफैलाई मनपर्ने तपाईको शरिरको अंग कुन हो ? मलाई मेरो आँखा मनपर्छ । ब्वाईफ्रेन्ड छ कि छैन? हा हा हा....छ भन्ने कि छैन भन्ने । नढाँटी भन्दा हुनुहुन्छ, मेरो परिवारकै रोजाई हो उहाँ । डेटिङ्ग कत्तिको जानुहुन्छ त ? हेर्नुस, डेटिङ्ग भनेर हामी पार्कमा जाने, कता कता घुम्न जाने त्यस्तो केही हुँदैन । डेटिङ्ग हाम्रो घरमै हुन्छ । उहाँ म भन्दा पनि मेरो परिवारसँग नजिक हुनुहुन्छ । बिवाह कहिले गर्ने ? केहीअघि विवाहको कुरा चलेको पनि थियो तर फेरि कारणबस एउटा सानो पारिवारिक घटनाले गर्दा भएन । अब तीन चार बर्ष पछि गर्ने हो । अहिले नै बिवाह नगर्ने मुडमा छु । फेरि हामी दुबैजनाको स्ट्रगल पनि चलिराख्या छ अहिले त । अझै सक्षम भएपछि विवाह गर्ने सोच छ । परिवारको रोजाईमा तपाई खुशी हुनुहुन्छ त ? आफुले रोजेको र खोजेको नै त कहाँ पाईन्छ र ? मलाई पनि कति जनाले रोज्नु भयो होला मैले पनि कति जनालाई मन पराएँ होला । रोजेको भन्दा पनि भाग्यले कोसँग जुराएको हुन्छ उहीसँग नै हुन्छ नि हैन र ? तपाईको लागि सेक्स के हो ? सेक्स मेरो लागि महत्वपुर्ण चीज हो । सेक्स भन्ने बित्तिकै नकारात्मक बुझ्नु हुँदैन । सेक्स एउटा आनन्द हो र यो प्रकृति चलाउने चीज पनि हो । तर पनि मलाई विवाह पछिको सेक्स नै ठीक हो जस्तो लाग्छ । कुनैपनि महिलाको लागि विवाह अघिको सेक्स राम्रो होईन । नेपालमा हिरोईन बन्न कत्तिको गाह्रो छ त ? पहिलेको तुलनामा अहिले त निक्कै सजिलो छ जस्तो लाग्छ । आफूमा प्रतिभा छ भने सजिलै अगाडी आउन सकिन्छ । मेरो सन्दर्भमा कुरा गर्नु हुन्छ भने म आफूलाई भाग्यमानी नै ठान्छु । सायद मेरो प्रतिभाले गर्दा नै होला, छोटो समयमा नै यतिका कामहरु पाई रहेकी छु । हिरोईन भएर मेन्टेन गर्न सजिलो छ ? एकदमै गाह्रो छ । सित्तैमा फिल्म खेल्ने र खेलाउने गर्नाले पनि नयाँ आउनेहरुलाई त झनै गाह्रो छ । नयाँ आउने सबैले राम्रो पारिश्रमिक पाएका छन् जस्तो मलाई लाग्दैन । काम जति पाको छ त्यती पारिश्रमिक पाएको छैन । तर, मैले चाहिं अहिलेसम्म राम्रै पारिश्रमिकमा काम गरिरहेकी छु । प्रस्तुति : अर्जुनकुमार संग्रौला/उज्यालो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger