अब बिहे गर्दिनः अञ्जु पन्त

अञ्जु पन्त सुगम संगीतमा बिकाउ नाम हो । व्यस्त गायिका अञ्जु पन्तले श्रीमान मनोजराजसँग छोडपत्र गरेको धेरै भैसक्यो । यसबीचमा अञ्जु पन्तका बिषयमा धेरै राम्रा नराम्रा दुबैखालका टिका टिप्पँणी भैरहे । इन्टरनेटमा नांगा तस्विर, होटल रेष्टुरेन्टमा मदिरा सेवन र बेला बखत केटा साथीसँग घुम्न गएका प्रसंग धेरै चर्चामा छन् । यिनै बिषयमा उज्यालो अनलाइनका लागि सूर्यकुमार क्षेत्रीले गायिका पन्तसँग गरेको कुराकानीः अब बिहे गर्नु हुन्छ की हुन्न ? गर्दिन । भविष्यको ठेगान त छैन तर अहिलेसम्म बिहेको सोंच बनाएको छैन । पक्कै ? (लामो हाँसो) पक्कै गर्दिन । नसोचे हुन्छ बिहेबारे । के रहेछ त बैवाहिक जिन्दगी ? हेर्नुस्, बिहे भनेको मैले बुझिसके । बुझ्ने मान्छेहरुलाई एकदम स्वर्णिम समय हो । तर खटपट आउन थालेपछि सोचे जस्तो हुदो रैनछ । बैवाहिक जीवन र एक्लो जिन्दगीमा के फरक हुँदो रैछ ? त्यस्तो केही छैन । पहिले पनि काम गर्थेँ, अहिले पनि त्यही नै हो । हिजो आज म अलि धेरै घरमै बस्छु । घर परिवारसित एकदम रमाइलो गर्छु । दुखका दिन आइरहन्छ, त्यसमा टाउको दुखाएर बस्ने मेरो बानी छैन । अञ्जु पन्त सधै गायिका नरहने दिन पनि आउला नी ? यहि उमेर नरहला त्यो बेलाको कल्पना गर्नुभा’छ ? हो त्यही सोच्दा त मन अर्कै हुन्छ । तर भविष्य कस्ले देखेको छ र ? आफनै सन्तानबाट त खोजेको कुरा पाइदैन । त्यसैले बुढेसकाल लाग्दा पनि म सुरक्षित रहूँ भनेर तयारी गरेकी छु । र, चाहन्छु पनि । अनि हिजो आज मनोजराजसँग भेटघाट, बोलचाल हुन्छ की हुन्न त ? हुँदैन । लामै समय भो । उहाँले गाएको गीत त सुन्नु हुन्छ होला ? सुन्छु । कलाकारको नाताले त उहाँ मेरा लागि राम्रो हुनुहुन्छ । तर व्यक्तिगत रुपमा राम्रो लाग्दैन । बोलचाल गर्न कस्ले नचाहेको ? दुबै जनाले नचाहेको । बिचमा त उहाँले बोलचाल गर्न, रिलेशन जोड्न चाहनुभएको थियो तर मैल चाहिन । उहाँले एकपटक फोन र एसएमएस पनि पठाउनुभएको थियो । तर मैले रिप्लाई गरिन । सपनामा देख्नु हुन्छ की देख्नुहुन्न ? (लामो हाँसो.........) देख्छु कहिले काँही । कता कता भीरपाखामा गएको देख्छु । तपाईको त अहिले अर्को ब्वाइफ्रेन्ड छ भन्छन् । डेटिङ गएको चर्चा पनि चल्छ नि ? ए, हल्ला नआउला त अब ? भर्खर डिभोर्स गरेर बसेकालाई ठुँग्न परेन अब ? त्यस्तो केही छैन । मलाई लभसब प्रति विश्वास छैन । प्रेमका, विवाहका प्रस्ताव आउँछन् होला त ? आउँछन नी । कसैले म एक्लै छु भनेर म्यासेज गर्छन । कसैले बिहे गर्छु भनेर पनि प्रस्ताव गर्छन । तर मलाई यस्तो व्यबहार गरेको मन पर्दैन । तस्बिरः रविराज बराल/ उज्यालो
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger