लागुऔषध सहित एकजना पक्राउ .

कातिक २४ – सिरहाको इटहर्वावाट गएराति प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ। भगवतीपुर तामासुइया- ७ का ४० वर्षीय बद्री साहलाई प्रहरीले पक्राउ गरेको हो। साहको साथवाट प्रहरीले ५० थान फेनार्गन, ४० थान वुनीजेसीज, १० थान नोरफिन, ५० थान डाइजिपाम र १०० भाइल फोर्टविन सुइ बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका इन्सपेक्टर राजकुमार शाहीका अनुसार, साहको साथबाट बरामद सामान हेर्दा की त उनी भरिया हुनुपर्छ कि कारोबारी। भारतवाट लागुऔषध भित्राउने नाका माडर र ठाढीमा कडाइ गरिएपछि डेढ महिनामा एक दर्जन व्यक्ति लागुऔषध सहित पक्राउ परेको प्रहरी तथ्यांक छ। पक्राउ परेका अधिकांशलाई लागु औषध ओसारपसारको महल अर्न्तगत मुद्धा चलाइएको प्रहरीले जनाएको छ।साहलाई पनि ओसारपसारको महल अन्तर्गत मुद्धा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger