बिग बोसमा अर्की पोर्न स्टार प्रिया राई भित्रिने

म्बई, (एजेन्सी) – गएको वर्ष बन्द घरभित्र पोर्न स्टार सन्नी लियोनलाई भित्र्याएको बिग बोसले यो सिजनमा भने अर्की पोर्न स्टार प्रिया राईलाई पाहुनाका रुपमा निम्त्याउने भएको छ। सलमान खानले हप्ताको दुई दिन सञ्चालन गर्ने बिग बोस ६ मा घरभित्र बस्ने गरी प्रियालाई आयोजकहरुले निम्त्याउन लागेका हुन्। प्रिया भारतीय मूलकी प्रख्यात पोर्न फिल्मका स्टार हुन्। उनको जन्म दिल्लीमा भएको हो।
उनको वास्तविक नाम प्रिया अञ्जली राई हो। दुई वर्षको उमेरमा उनलाई अमेरिकी अभिभावकहरुले पालेका थिए। पोर्न फिल्म उद्योगमा प्रवेश गर्नुअघि उनी मोडल थिए। ‘अलग छे’ भन्दै यस पटकको शो पारिवारिक हुने बताइएको भए पनि टिआरपी घट्दै गएपछि पोर्न स्टारलाई निम्त्याउन लागेको हुनसक्ने अनुमान गरिएको छ। सन्नी लियोनले बिग बोसकै कारण बलिउड फिल्ममा समेत अभिनय गर्ने मौका पाएकी थिइन्। प्रियाको भने भविष्य के हुने हो, अहिले नै भन्न सकिने स्थिति छैन।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger