
ग्ल्यामर नेपाल डट कम, मंसिर १२, - २०५८ तिर होला, मैले भर्खर भर्खर मात्र एस एल सि पास गरेको थिए । म त्यति बेला कहिले काहि मात्र चलचित्र हेर्थे। नेपाली चलचित्र मेरो रुचीको बिषय त थियो तर अभिनय गर्ने प्रति भने मेरो सोचाई कहिलै गएको थिएन । स्कुलमा साथीहरु संग चलचित्र हेरेको र चलचित्रमा कलाकारले निर्बाह गरेको भुमिकाको बिषयमा कुरा त हुन्थ्यो । तर चलचित्र अभिनय गर्ने बिषयमा कुरै उठ्ने थिएन । नत अभिनय गर्नु पर्छ भनेर साथीहरुले नै कहिले कुरा उठाएका थिए । चलचित्र हेरेर त्यति बेला गफको बिषय बने पनि अभिनय प्रति भने सोचाई कहिलै पनि गएको थिएन । परिवारमा त चलचित्रको कुरै हुने थिएन । त्यसैले परिवार बाट चलचित्र अभिनयको बिषयमा कुरो आउने कुरै भएन । यस्तैमा डा .भोला रिजाल संग हाम्रो फ्यामेली भेट घाट भएको थियो । त्यहि भेटघाटमा रिजालले चलचित्रमा रुची भए म खेलाई दिन्छु भन्नु भयो म बोलीन । उहाले मलाई केही दिनको समय दिनु भयो । घरमा आए पछि भोला अंकलको कुरा मनमा खेली रह्यो । धेरै छलफल र परिवारको सल्लाहले मैले चलचित्र अभिनय गर्ने निर्णयमा पुगे ।
चलचित्र अभिनय गर्ने भए पछि भोला अंकलले मलाई फाईन गर्नु पनि भयो । चलचित्र थियो अप्सरा। सिधा साधा ,लक्पन छप्पन नजान्ने टिपीकल्ली गाउले केटीको भूमिका, जसलाई केही डिसिजन गर्न पनि दाईलाई सोध्ने नेचर भएको । भुकिका जे भए पनि अभिनय पहिलो भएकोले मेरो लागी चुनौति त थियो नै अर्का एक चुनौति थियो गाउले केटीको भुमिका । सानै देखि सहरमा बस्ने भएकोले गाउले केटीको रहन सहन बोलीचाली प्रति अनबिज्ञनै थिए । पहिलो दिनको सुटिङ सेषनारयण थियो । आमालाई साथीका रुपमा लगेको थिए । अगाडी कहिलै सुटिङ नदेखेको मान्छे अभिनय गर्न गएकोले मनमा अनेक कुरा खेल्न थाले । ११ बजे स्पोटमा पुगेको थिए । जाने बितीकै मेकआफ भयो । मेकअफ गर्दा गर्दै सुटिङ गर्ने कुराले मनमा अनेक कुरा खेल्न थालेका थिए । तर सुरुमा अरुकै सुटिङ भएकोले दुई बजे मात्र मेरो पालो आयो । अभिनयको पहिलो दिन त्यो पनि त्यति बेला चर्चामा रहेका कलाकारहरु रमेस उप्रेती र बिपना थापा संग ।
चलचित्रमा अभिनय गर्ने कुरा एका तिर मनमा खेलेको थियो भने अर्का तिर निर्देशक रमेश बुढाथोकी भएकोमा निकै डर लागेको थियो । सबैले निर्देशक एकदम कडा हुनुहुन्छ भनेर भन्थे भने मैले त्यो दिन सुटिङ हेर्दा पनि धेरै पटक अन्य कलाकारलाई गाली गरेको आफ्नै आखाले देखे । जे हुन्छ हुन्छ आखिर गाली खायर के हुन्छ त कोही चिनेको छैन यहि सोचेर अभिनयका लागी तयार भए । जब क्यामराको अगाडी परे । मलाई बोल्ने सम्बाद सबै दिएर सम्झाईयो पनि । सबै रेडी भए पछि निर्देशक बुढाथोकिले एक्सन के भनेका थिए । मलाई डर लाग्यो । भित्र भित्र काप्न थालेछु । टेक बिग्रीयो निर्देशकले कट भने झन् सातो उड्यो । तर निर्देशकले मलाई नया भएकोले होला सम्झाएर अभिनय गराउनु भयो । त्यो सुटिङ्गमा म यति डरायको थिए कि निर्देशकले सट ओके भन्दा पनि मेरो सातो जान्थ्यो । चलचित्रको पोष्टरमा पनि मेरो सिङ्गल फोटो राखीएको थियो । मैले कहिले परिवार संग कहिले साथी संग कहिले को संग गरेर चलचित्र छ सात पटक हेरे । साथी भाई र चिने जानेका सबै बाट बधाईहरु आउन थाले । यसैले गर्दा धेरै चलचित्रको अफरहरु पनि आयो । - अभिनेत्री संचिता लुइँटेल
Post a Comment