बिहेको १९ वर्षपछि श्रीमती पुरुष भएको थाहा पाएपछि …

एक पटक कल्पना गर्नुस् त, विवाह भएको १९ वर्षपछि तपाईको श्रीमती जन्मको समयमा पुरुष थिए र पछि सेक्स चेन्ज गरिएको थाहा पाउनु भयो । त्यसबेला तपाईको अवस्था के होला । हालै बेल्जियमका एक पुरुषलाई यस्तै भएको छ । यस्तो रहस्य खुलेपछि उनले मानसिक सुन्तुलन गुमाएका छन् र हाल उपचारमा छन् । एक स्थानीय अखबारका अनुसार बेल्जियमका जेनको सन् १९९३ मा इण्डोनेशियाकी मोनिकासँग विवाह भएको थियो । विवाहपछि लामो कानुनी लडाई जितेर उनीले मोनिकालाई बेल्जियम ल्याए । त्यस क्रममा अदालतले उनको बर्थ सर्टिफिकेटमा आशंका गरेपनि उनको दावीलाई नै स्वीकार गरेको थियो । जेनले पनि पहिल्यै आफ्नो श्रीमतीमाथि शंका गरेनन् । किनकी मोनिकामा एक महिलामा हुनु पर्ने सबै गुण थियो । मोनिकासँग शारीरिक सम्वन्ध राख्खम पनि उनलाई कुनै आशंका लागेन । तर, मोनिकाले फूलटाइम काम गर्न थालेपछि भने उनीहरुबीचमा विवाद सुरु भयो । जेनले मोनिकाको कम्प्युटरमा अन्य पुरुषको कामुक तस्वीरहरु भेटाए । त्यही विषयलाई लिएर झगडा सुरु भयो । उनीहरुको झगडा मिलाउन पुलिस नै आउनु परेको थियो । त्यसक्रममा जेनका एक साथीले उनको श्रीमतीले लिंग परिर्वतन गरेको सुनाए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger