मंसिर ६ - केही वर्ष यता नेपाली चलचित्र वजारको अवस्था फेरीएको छ । नेपालमा लगातार चलचित्र प्रर्दशन निराशाजनक तर्फ धकेली रहेका वेला लुट र चपलिहाईटले वजारलाई एक हद आशाको केन्द्र विन्दुतिर धकेल्न सफल भएको थियो। एकाएक चलचित्रकर्मी र निर्देशक तथा निर्माताहरुको मन फेरीयो र त्यस्तै खालका सिनलाई प्राथमिकता दिई चलचित्र वनाउने होड पछिल्लो समय चलेको छ । अश्लिन दृश्य समावेस गराईएकै कारण चलचित्र एटिएम निर्माण भएको लामो समय सम्म रिलीजमा आउन सकेको थिएन । चलचित्र विकासवोर्डले उक्त चलचित्रमा समावेस गरिएका अश्लिन दृश्यलाई नहटाउादा सम्म रिलीजमा आउन नदिने भनिएपछि एटिएम युनिट तनावमा परेको थियो। केही मात्रामा त्यस्ता खालका सिनलाई कट गरेपछि एटिएम प्रर्दशनमा आउने भएको छ । यद्यपी एटिएमले जुन खुराक दर्शकलाई दिन भनेर निर्माण गरेकेा थियो ति सिन र सवांद कट् गरेको भए कत्ति चल्छ ? त्यो प्रर्दशन भए पछि मात्रै थाहा होला ।
केही वर्ष अघि सम्म चुम्वन र वेडसिन देखाईए कस्तो अपाच्य मानिन्थ्यो र समाजमा चल्थ्यो त्यस्तै चर्चा । त्यतीवेला निर्देशकहरु एवं निर्माणकर्ताहरुले किस र वेडसिनलाई त्यती प्राथमिकतामा राखेको देखीदैन थियो। चलचित्र शिलशिलामा राज तिमील्सीनाले सोनीया केसीलाई मज्जासगा टङ किश दिएको दृश्यले चलचित्र हेर्नका लागी दर्शकहरुलाई हलहरुमा तान्न वाध्यनै वनायो । 'द युग देखी युग सम्म’ मा झण्डै ५ दशकको हाराहारीको उमेर पुगेका महानायक राजेश हमालले भर्खर कि नायीका नन्दीता केसीलाई किससिन दिएको दृश्यले पनि दर्शकलाई ताने कै थियो । जुन चलचित्रमा महानायकको उपाधी पाएका नायक हमालले पहिलोपटक यस्तो किसीमको दृश्य दिएको मानिन्छ । त्यस्तै झण्डै एक वर्ष अघि 'म तिमीबिना मरिहाल्छु’ मा पनि नायक भुवन केसीले ले पनि चुम्वनको दृश्य समावेस गरेका थिए ।
केही महिना अघि मात्रै रिलीज भएको चलचित्र 'चपलि हाईट’मा विनीतालाई राज घिमीरे र अमिर गौतमको वेड सिन एवं लगातार टङ किस दिएका छन । उक्त चलचित्र हेर्नका लागी भ्रर्खरका तन्नेरीहरुको चलचित्र घरहरुमा भिडनै लाग्यो । हलहरु घचाखच भरिए । उक्त चलचित्रले व्यापार राम्रो गरेको थियो ।
हलिउड चलचित्रमा यस्ता सिन र दृश्य सामान्य रुपमा मानीए पनि कलिउडमा समेत सामान्य रुपमा लिन थालिएको छ । जतिवेला नायक एवं नायीकाहरुले पनि यस्ता खालका दृश्य दिन मान्दैन थिए पछिल्लो समय भने उनै कलाकारहरुले उदार रुपमा यस्ता खालका दृश्य दिन हिचकिचाउदैनन । 'चलचित्रलाई हिट वनाउने नाममा चुम्वन र वेडसिनका दृश्यहरु समावेस गर्ने क्रम पछिल्लो समय निकै वढ्दो छ, निर्देशक एवं निर्माता छविराज ओझाले ग्ल्यामर नेपाल डट कम संग भने- 'यस्ता दृश्यले दर्शकलाई ठग्ने र कमाउने भाडो मात्रै हुनेछ, न समाजमा यस्ता फिल्म पच्ने नै छ ।’ कथाले माग्यो भन्दैमा त्यस्ता दृश्य समावेस गरिनु हुदैन, परिस्थिती अनुसार त्यस्ता सवांद र दृश्य केही मात्रामा राख्नुलाई अन्यथा नसोच्न आग्रह उनले गरे । उनले श्रीमान र श्रीमती विचको माया, प्रेमप्रेमीका विचको माया झल्काउने किसीमको दृश्यमा त्यसता दृश्य राख्नुपर्ने र विदेशवाट फर्किएको श्रीमान श्रीमतीसगा रात विताउदा वेड सिन राख्नुनै पर्ने भए पनि विना कारण त्यस्ता दृश्यहरु राख्न नहुने उनी वताउछन ।
झण्डै ४ बर्ष अघि चुम्वन र वेड सिनलाई अपाच्य मानीएकोमा अहिले भने यस्ता सिन सामान्यकरण हुदै गएको छ । चलचित्र ईतिहासमै हाईएस्ट कमाउन सफल मानीएको चपलि हाईटमा पनि वेड सिन र चुम्वन दृश्यलेनै दर्शकलाई तान्न सफल भएको हो । बलिउडको पर्दामा प्रेम संग सगै किस सिन, वेडसिन दिने क्रम वढ्नु अथवा पुराना धारका फिल्मको परिभाषा बदलिदै गइरहेको उदाहरण हो यो । पछिल्लो समय जुन चलचित्र प्रेम कथामा आधारित रहेर वनाईएको छ ति अधिकासं फिल्ममा नायक एवं नायीका विच चुम्वनका दृश्य समावेस गराईएकै हुन्छ र पोष्टरमा पनि यस्ता दृश्यको तस्विर राखीएको हुन्छ । यस्ता चलचित्रमा विशेषत चुम्बन को दृश्यलाई मुल मर्मको रुपमा प्रस्तुत गरिएको हुन्छ भने कुनै चलचित्रमा केवल आकषर्णको रुपमा मात्र राखीएको देखीन्छ ।
खास गरि चलचित्रमा नायक एवं नायीका विच छुट्न लाएको माया अथवा सुरुमा प्रेममा डुव्दाको भाव अथवा एक विना अर्को वाच्न नसक्ने भाव चुम्वनको माध्यमवाट देखाईएको ठिकै हो तर चलचित्रलाई एकाएक हिट वनाउने नाममा अनावश्यक रुपमा समेत नराखीए दर्शक निराश हुदैन थिएकी ? अभिनेत्री अरुणिमा लम्साल आफैले लेखेको चलचित्र 'दीपशिखा’ भित्र पनि नायक निरज बरालसगा नायिकाले चुम्बन गरेको दृश्य छ । यो चलचित्रले पनि केही हद सम्म चुम्बन दृश्य विस्तारै विस्तारै सामान्यीकरण हुने क्रम वढ्दो रहेको छ भन्न सकिन्छ । चलचित्र 'दिपशिखा’मा नायक निरज संग उक्त दृश्यमा सहभागी भएकी अरुणिमाले यसअघि नायक निखील उप्रेती संग पनि चुम्वनको दृश्य दिईसकेकी थिईन । नेपाली चलचित्रको पर्दामा यस्ता दृश्य दिने पहिलो नायिका भने करिश्मा मानन्धरलाई मानिएपनि पछिल्लो समय आएका नायीकाहरुले पनि चुम्वनका दृश्यहरुलाई सजिलो संग लिने गर्छन ।
कुनै पनि चलचित्रको कथामा चुम्बनका दृश्य अनिवार्य भएको खण्डमा मात्रै राख्ने हो भने चलचित्र मौलीक वन्ने वताउछन निर्देशक मनिष पन्त । केही दिनपछिनै छायाकन सुरु हुने भनिएको चलचित्र डिभोर्सका निर्देशक पन्तले आफ्नो चलचित्र डिभोर्समा पनि त्यस्ता दृश्य समावेस गरिने तर उच्छृङ्खल रुपमा भने त्यस्ता दृश्यलाई समावेस नगर्ने वताए । कथाले मागे अनुसार त्यस्ता दृश्यहरु राख्दा त्यस्तो केही समस्या नपर्ने उनले वताउ छन्। पछिल्लो समय विना कारण र जर्वजस्ती रुपमा यस्ता दृश्यहरु राख्ने क्रम पनि भएकाले त्यस्ता दृश्यले दर्शकका आखामा छारो हाल्ने काम मात्रै हुन्छ' पन्तले भने ।

Post a Comment