मेरो चोली यति राम्रो, झन् चोलीभित्र के होला नायिका सुमिना घिमिरे

चलचित्र ‘स्टार’को सुटिङमा भेटिइन् नायिका सुमिना घिमिरे । उत्तेजक पहिरनमा कामुक नृत्य गर्दै उनी भनिरहेकी थिइन्, ‘मेरो चोली यति राम्रो, झन् चोलीभित्र के होला ?’ हिन्दी चलचित्र ‘खलनायक’ को ‘चोलीके पिछे क्या हे’ लाई ठाडै उल्था गरेर बनाइएको उक्त गीतमा नृत्य गर्दा सुमिना साँच्चिकै ‘सेक्सी’ देखिइन् । साँच्चै, चोलीभित्र के छ र सुमिना ? सुटिङबाट एकैछिन समय निकालेर सौर्यकर्मीसित फोटोसेसन गराएकी नायिकालाई सोधियो । ‘दिल छ । दिलभित्र माया छ,’ उनले गीतकै शब्दहरूलाई जवाफ बनाइन् । ‘माया कसलाई नि ?’ पत्रपत्रिकामा उनका बारेमा आएका समाचार उद्धृत गर्दै फेरि सोधियो, ‘उही कतारवालालाई हो ?’ (स्मरणीय : कतारमा बस्ने एक युवाले सुमिना आफ्नी पुरानी प्रेमिका भएको र उनीसित सबैखाले सम्बन्ध रहेको भन्दै सञ्चारमाध्यममा प्रोपोगन्डा फैलाइरहेका छन् ।) ‘होइन, होइन,’ सुमिनाले झटपट भनिन्, ‘त्यो हल्ला मात्रै हो । मेरो त अर्कै छ ।’ अनि, फोटोचाहिँ के हो त ? (पत्रपत्रिकामा ती युवाले उनलाई अंकमाल गरेको फोटोसमेत छापिएको छ ।) ‘ए.., त्यो त संयोगले खिचिएको हो,’ उनले घटनाक्रम यसरी व्याख्या गरिन्, ‘वागेश्वरी मन्दिरमा लाखबत्ती बालेका बेला म परिवारसहित गएकी थिएँ । उनी पनि आएका थिए । चिनेजानेको भएकाले उनले फोटो खिच्न आग्रह गरे, मैले नकार्न सकिनँ । मोबाइलबाट खिचेको फोटो हो त्यो ।’ तर, फोटोमा त उनले तपाईंलाई प्रेमिकालाई जसरी अंकमाल गरेका छन् नि ? ‘अब उनी अँगालो मार्न आएपछि मैले कसरी नाइँ भन्नु । अँगालो मार्दैमा प्रेमिका भन्ने त हुँदैन नि †’ सुमिनाले आफ्नो ‘वास्तविक’ प्रेमीको नाम एक वर्षपछि सार्वजनिक गर्ने बताइन् । ‘अहिल्यै सार्वजनिक गरौँ न, के फरक पर्ला ?’ दबाब दिएपछि लजाउँदै भनिन्, ‘पर्मिसन लिनुपर्‍यो नि ।’ आफूहरूबीच विवाह हुने पक्कापक्की नै भइसकेको उनको भनाइ छ । सम्भवत: पहिलोचोटि ‘स्टार’ चलचित्रमा खुलेर अंगप्रदर्शन गरेकी २३ वर्षीयाले यस गीतमा नृत्य गर्दा आफूलाई खासै धक नलागेको बताइन् । ‘त्यो आइटम गीत हो । गीतको बोलका बारेमा मलाई पहिल्यै थाहा थियो । निर्देशकसित नृत्य र ड्रेसअपका बारेमा पहिल्यै सल्लाह भएको थियो । खासै असजिलो लागेन ।’ तर, चोलीभित्र के छ भन्ने शब्द त अश्लील नै भएन र ? – ‘त्यति मात्रै सुन्दा अश्लील लाग्न सक्छ । तर, त्यसपछिको जवाफले मेकअप गर्छ । चोलीभित्र दिल छ, दिलभित्र माया भन्ने पनि सुन्नुपर्‍यो नि ।’ पाँच फिट चार इन्च अग्ली नायिकाले आफूलाई सारीमा निकै सेक्सी देखिने दाबी गरिन् । साँच्चै, तस्बिर हेर्दा होइन भन्न सकिएन । भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger