विवाह गर्ने आश्वाशन दिएर बेचिदिए युवतीको मृगौला

२५ कार्तिक, एजेन्सी । भारतको कोचीमा एक व्यक्तिलाई त्यहाँको प्रहरीले एक युवतीलाई विवाह गर्ने आश्वाशन दिएर उनको मृगौला बेचेको आरोपमा पक्राउ गरेको छ । कोची राज्य मृगौलाको व्यापारमा संलग्न भएको आरोपमा शिवकुमार नामका ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारलाई पक्राउ गरी प्रहरीले अदालतसमक्ष उभ्याएको छ भने उसलाई अदालतले थुनामा राख्ने र थप अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको छ ।
शिवकुमारको शिकार भएकी भनिएकी युवतीको नाम मञ्जु रहेको प्रहरीले जनाएको छ । शिवकुमारले मञ्जुलाई प्रेमको नाटक गरेर फसाएको र विवाह गर्ने आश्वाशन दिएको थियो । उसले आफूसँग विवाह गर्नका लागी एउटा मृगौला बेच्नुपर्ने प्रस्ताव राखेपछी मञ्जुले पनि त्यस प्रस्तावलाई कुनै शंका नगरी स्विकार गरेकी थिइन् । जब मञ्जु मृगौला दिन तयार भइन् तब शिवकुमारले उक्त मृगौला १६ लाखमा बेच्ने सम्झौता गरे । उनले यसका लागी मञ्जुसँग कानुनी प्रक्रिया पुरा गराएपछी उनको मृगौला झिकियो । मञ्जुको मृगौला झीकिएछी शिवकुमारले पैसा लिए र मञ्जुलाई त्यही छाडेर भागे । मञ्जुले यसपछी प्रहरिमा रिपोर्ट लेखाएकी थिइन् । उनले रिपोर्ट लेखाएपछी प्रहरिले छानविन सुरू गर्यो र शिवकुमारलाई पक्राउ गर्यो भने उक्त घटनामा संलग्न अन्य दुईलाई पनि प्रहरीले पक्राउ गर्यो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger