प्रचण्डलाई थप्पड हान्नेलाई ७ दिन थुप्ने अनुमति

३ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने बाग्लुङका पदम कुँवरलाई ७ दिन थुनामा राख्ने अनुमति प्रहरीले लिएको छ । अस्पतालबाट डिस्चार्ज भएपछि कुँवरलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो । प्रशासनले ७ दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिइएको हनुमानढोकाका प्रवक्ता डीएसपी धिरजप्रताप सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’आज ७ दिन म्याद लिइएको छ । भोलिबाट सरकार बकिल समक्ष बयान सुरु हुन्छ ।’ प्रवक्ता सिंहका अनुसार कुँवरमाथि सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा चलाइनेछ । कुँवरले गत शुक्रबार एमाओवादीले भृकुटीमण्डपमा गरेको चियापान कार्यक्रममा प्रचण्डलाई झापड हानेका थिए । प्रचण्डलाई झापड हानेपछि कुँवरलाई माओवादी कार्यकर्ताले कुटपिट गरेको थियो । कुटपिटबाट उनको नाक फ्याक्चर भएको थियो । उनको वीरेन्द्र प्रहरी अस्पतालमा उपचार गरिएको हो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger