भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठाउँ–ठाउँमा भव्य स्वागत धादिङ, कात्तिक २० । धार्मिक भ्रमणमा निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका सर्मथकहरुले ठाउँ–ठाउँमा भव्य स्वागत गरेका छन् ।
भ्रमणका क्रममा आज बिहान स्थलमार्ग हुँदै भैरहवा लागेका शाहलाई धादिङ, चितवन, नवलपरासी लगायतका विभिन्न स्थानमा उनलाई स्वागत गरिएको हो । भैरहवा जान लागेका शाहलाई बाहुनडाँडा स्थित मुक्तिनाथ मन्दिरमा स्थानीय राजावादी तथा मुक्तिनाथ सेवा समितिले बाजागाजा सहित रातो कार्पेटमा भव्य स्वागत गरेका थिए। सडकदेखि मन्दिर सम्म १ सय ५० मिटरलामो लाम लागेर महिला, बालबालिका, खेलाडीले जयजयकार गाउँदै फुल मालाले स्वागत गरेका थिए। ३ दिने भ्रमणमा निस्किएका पूर्वराजा शाह आज भैरहवास्थित निर्वाणा होटलमा बस्ने बताइएको छ । शाहले भोलि नवलपरासीको हरपुर गाविसस्थित गोपालपुरमा निर्माण गरिएको महायोगी गुरु गोरक्षनाथ मन्दिरको उद्घाटन गर्ने छन् । भैरहवा बसाईका क्रममा शाहले आफ्ना सर्मथक र शुभचिन्तकहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको जनाइएको छ । तेस्तै, सहमतिका लागि छलफलमा जुट्नु भएका राष्ट्रपति डा. रामवरण यादव आज लमजुङ जानु भएका छ । लमजुङको सर्वोदय उच्च माविको हीरक जयन्तीमा सहभागी हुन राष्ट्रपति यादव लमजुङ पुग्नु भएको हो । राष्ट्रपति यादवले सर्वोदय उच्च माविको शैक्षिक भवनको उट्घाटन पनि गर्ने कार्यक्रम छ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger