भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

घरमै खाल राखी जुवा खेलाउने नेविसंघ सभापतिसहित १३ पक्राउ सुनसरी, कात्तिक २० । नेविसंघ सुनसरीका सभापतिको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १३ जना जुवाडेलाई पक्राउ गरेको छ । सभापति बिकास केसीको सुनसरीको इटहरीस्थित घरमा जुवा खेलिरहेको अवस्थामा गएराति पक्राउ पर्नेमा सभापति केसीसमेत रहेका छन् । उक्त स्थानबाट प्रहरीले २ लाख ६८ हजार नगद रूपैयाँ, ८ थान मोवाइल, १५ थान कौडा र दर्जनौं बुक तास बरामद गरेको अञ्चल प्रहरी प्रमुख रमेश फुँयालले जानकारी दिए । तीनजना जुवाडे भने ठूलो रकम सहित फरार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख सागर थापाको संरक्षणमा जुवा खेलाउने गरिएको हुनसक्ने बताउँदै फुँयालले यसबारेमा अनुसन्धान भइरहेको जानकारी दिए
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger