बलात्कार गर्न खोजेको आरोपमा बस चालक पक्राउ धादिङ,

कात्तिक २३ -महिला यात्रुलाई गन्तव्यमा नपुर्‍याई एकान्तमा लगेर जवरजस्ति गर्न खोजेको आरोपमा धादिङबेसी– काठमाडौं रुटमा चल्ने फोर्सका एक चालक पक्राउ परेका छन् । कात्तिक २० गते काठमाडौंबाट धादिङ आउने क्रममा बा २ ख ४६९० नम्वरको फोर्समा चढेकी युवतीलाई चालकले मुरलीभन्ज्याङ गाविसको ससाहामा ओराल्नु पर्नेमा बस नरोकी साङकोष ३ मा रहेको आँशी खोलामा पुर्‍याएर बलत्कारको प्रयास गरेको पीडित युवतीले बताइन् ।
एकान्तमा पुर्‍याएर मोटर भित्रै जवरजस्ती करणी गर्ने प्रयास गरेपछि हल्लाखल्ला गरेपछि चालक फरार भएका थिए । युवतीको उजुरीको आधारमा प्रहरीले खोजतलास गर्दा फोर्स गाडीका चालक धादिङ नलाङ ९ का हरि बहादुर भन्ने संजिव कुमार सिलवाल संलग्न रहेको भेटिएको हो । सिलवाललाई प्रहरीले कात्तिक २२ गते धादिङ जिल्ला नीलकण्ठ गा.वि.स.वडा नं.५ पुछारबजारबाट पक्राउ गरेको हो । पक्राउ परेका सिलवाललाई मुलुकी ऐन जवरजस्ती करणी उद्योग मुद्दामा धादिङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कारवाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger