भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

पोखरा, कात्तिक १९ । एकीकृत माओवादीका पूर्वसभासद सफिक मियाँले घरमै राखेर एक वर्षदेखि एक बालिकाको यौन शोषण गर्दै आएको खुलासा भएको छ । उनले कास्कीकै एक गाउँबाट गरिब परिवारकी १३ वर्षीया बालिका रसिला खत्री (नाम परिवर्तन) लाई कामदारका रुपमा घरमै राखेर यौन शोषण गरेको पीडितका परिवारले प्रहरीमा उजुरी दिएका छन् । पीडित बालिकाले आफूलाई मियाँले प्रलोभन र डरधाक देखाएर प्राकृतिक र अप्राकृतिक रुपमा नियमित यौन शोषण गर्ने गरेको प्रहरीसमक्ष बयान दिएकी छन् । प्रहरीले शुक्रबार साँझ पोखरा ९ नयाँबजारस्थित मियाँको डेराबाट ती बालिकालाई उद्धार गरेको हो । पूर्वसभासद मियाँ भने फरार छन् । मियाँ विघटित संविधानसभामा समानुपातिकतर्फका सभासद थिए । घरायसी काममा लगाउने भन्दै बालिकालाई मियाँले बाबुआमाकै सहमतिमा घरमा राखेका थिए । घरमा काम गर्ने बालिकासँग आफ्ना श्रीमानले यौन व्यवहार गर्ने गरेको उनकी पत्नी सुवेदा खान मियाँले नै खुलासा गरेकी हुन् । उनले आफूले समेत कैयौंपटक रंगेहात फेला पारेको बताएकि छिन् । मियाँले घरेलु कामदारका रुपमा राख्न ल्याएकी आफ्नी छोरीमाथि यौनशोषण गरेको थाहा पाएपछि उनकी आमाले शनिबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उनका अनुसार मियाँले गरिब परिवारकी ती बालिकालाई खान(लाउन र उनका बाबुआमालाई मासिक एक हजार रुपैयाँ बुझाउने सर्तमा एक वर्षअघि घर ल्याएका थिए । त्यसको केही दिनदेखि नै डरधाक देखाएर यौन शोषण गरेको र पछि बिहे गर्ने प्रलोभन दिएको प्रहरीले बालिकालाई उद्धृत गर्दै जानकारी दिएको छ । भर्खर १४ वर्ष पुगेकीले उनीमाथि भएको कार्यलाई जबर्जस्ती करणीको महल अन्तर्गत मुद्दा चलाउने तयारि भइरहेको प्रहरी प्रवक्ता रवीन्द्र पौडेलले जानकारि दिनुभयो ।

Share this article :

Post a Comment

Latest Movies

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger