अश्लील साइट हेर्नेमा केटीहरू अगाडि

ग्रामीण भेगमा इन्टरनेटमा अश्लील सामग्री (पोर्न) हेर्नेमा किशोरभन्दा किशोरी निकै अगाडि रहेको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् २०१०/०११ मा गरेको किशोरकिशोरी तथा युवा सर्वेक्षणले ग्रामीण भेगका १० देखि १४ वर्ष उमेरका दोब्बर केटीहरूले त्यही उमेरका केटाभन्दा इन्टरनेटमार्फत अश्लील सामग्री हेर्ने र पढ्ने देखाएको हो ।
प्रतिवेदनअनुसार नेपालका ग्रामीण क्षेत्रका सो उमेर समूहका दुई दशमलव २७ प्रतिशत केटीहरूले इन्टरनेटमा अश्लील सामग्री हेर्ने र पढ्ने गरेको पाइएको छ, जबकि सोही उमेर समूहका केटाहरूको प्रतिशत भने ० दशमलव ९२ प्रतिशत मात्र छ । ग्रामीण भेगमा इन्टरनेटको पहुँच कम भए पनि इन्टरनेटमा पहुँच हुने भएका उमेर समूहका बालबालिकाले अश्लील सामग्री हेर्ने गरेको अध्ययनले देखाएको छ । मन्त्रालयले देशका सबै भागको प्रतिनिधित्व गर्ने गरी १० देखि २४ वर्ष उमेर समूहका करिब नौ हजार घरधुरीबाट ती उमेर समूहका १४ हजार किशोरकिशोरी तथा युवाबीच सर्वेक्षण गरेको थियो । सर्वेक्षणबाट नेपालमा १० देखि २४ वर्ष उमेर समूहका १९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलाले इन्टरनेट चलाउने गरेको पाइएको छ । ‘इन्टरनेटको प्रयोग शीर्षकमा गरिएको अध्ययनले ग्रामीण भेगका १० देखि १४ वर्षका केटीहरू पोर्न साइट हेर्नमा सहरी क्षेत्रका केटा तथा केटीभन्दा धेरै अगाडि रहेको पाइएको छ’ प्रतिवेदनमा भनिएको छ, ‘१० देखि २४ वर्षसम्मका महिला पुरुषमा समग्रमा अश्लील सामग्री हेर्नेमा पुरुषको प्रतिशत अगाडि रहेको पाइए पनि सानै उमेरमा अश्लील साइट हेर्नेमा महिला अगाडि छन् ।’ इन्टरनेट चलाउने किशोरकिशोरी तथा युवामा अधिकांशले कुराकानी (च्याट)का लागि इन्टरनेट चलाउने गरेको देखिएको छ । च्याटमा समय बिताउनेमा पुरुषको तुलनामा महिला निकै अगाडि रहेको पनि अध्ययनले देखाएको छ । अध्ययनअनुसार ७२ दशमलव ३८ प्रतिशत किशोरी तथा युवतीहरूले च्याटिङका लागि इन्टरनेट प्रयोग गर्ने गरेको पाइएको छ । च्याटिङमा समय बिताउने पुरुषको प्रतिशत भने महिलाको तुलनामा झन्डै दस प्रतिशत कम रहेको छ । पुरुषमा ६३ दशमलव ५२ प्रतिशतले च्याटिङका लागि इन्टरनेट प्रयोग गर्ने गरेका छन् । सहरी क्षेत्रमा महिलाहरू च्याटिङमा समय बिताउनेमा निकै अगाडि छन् । अध्ययनअनुसार सहरी क्षेत्रका ८१ दशमलव २९ प्रतिशत महिलाले च्याटिङ गर्ने गरेका छन्, जबकि सहरी क्षेत्रका पुरुषको प्रतिशत भने ६७ दशमलव ८६ प्रतिशत मात्र छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger