१२ मंसिर, काठमाडौं । दूधको मूल्य कम पाएको विरोधमा हजारौं किसानले ब्रसेल्समा यूरोपेली संसदका प्रतिनिधि र पुलिसमाथि दूध खन्याइदिएका छन् ।
आक्रोसित हजारौं किसानले बेल्जियमको राजधानी ब्रसेल्समा ट्यांकरमा दूध लिएका आएका थिए । ट्यांकरको दूध प्रहरीमाथि छ्यापेर बिरोधको नौलो शैली देखाएका थिए । यूरोपेली युनियनका अधिकारीहरुले पनि किसानलाई रोक्ने प्रयास गरे ।
तर आक्रोसित किसानले प्रहरीलाई लखेटे र प्रहरीसँगै यूरोपेली संसदको भवनलाई नै दूधले नुहाई दिएका छन् । किसानहरु दूधको मूल्य २५ प्रतिशत बढाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका छन् ।
दूधको उत्पादन बढी र खपत कम भएपछि किसानहरु आफ्नो उत्पादन सस्तैमा बेच्न बाध्य छन् । किसानको नेतृत्व गरिरहेको यूरोपीय मिल्क बोर्डले उचित मूल्य नपाउँदा साना किसानहरु दूधको काम छाड्न बाध्य हुँदै गएको बताएको छ ।
बोर्डका अनुसार बेल्जियममा एक लिटर दूध थोकमा शुन्य दशमलव २६ यूरोमा विक्रि हुन्छ तर, उत्पादन लागत शुन्य दशमलव ४० यूरो छ ।
Post a Comment