नायिका नै बनिन् यौन व्यवसायी

एक समयकी स्थापित अभिनेत्री हुन् मौसमी मल्ल । केही समय उनी विदेशतिर पलायन पनि भइन् । विदेशबाट कमाएर ल्याएको रकमबाट निर्मात्रीसमेत बनेकी मौसमीले बनाएको पहिलो चलचित्र ‘गिरफ्तार’ले राम्रै व्यापार गर्‍यो । यो व्यापारबाट निकै हौसिएकी मौसमीले फेरि अर्को चलचित्र बनाइन्- समय । समयको पनि यतिबेला छायाङ्कन सकिसकेको छ भने यसलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । विभिन्न चलचित्रहरूमा विभिन्न भूमिकामा बेजोड अभिनय गरेकी मौसमी आर्थिक रूपमा पनि सक्षम छिन् । त्यसैले त उनले दुईवटा चलचित्र बनाइन् । नाम र दाम दुवैबाट हाइहाइ पाएकी मौसमीलाई कुन्नि के भो खै ? उनी यौन व्यवसायी बनिन् । कसैले पनि सोचेका थिएनन् कि उनी यौन व्यवसाय गर्लिन् भनेर । तर यही भएको छ । नायिका मौसमी मल्लले वास्तविक जीवनमा भने यौन व्यवसाय गरेकी होइनन्, उनले नयाँ चलचित्रूनयाँ नेपाल एक्सप्रेसू का लागि यौन व्यवसाय गरेकी हुन् । ? कलाकार हुँ । त्यसैले अफर आएको भूमिकामा मैले अभिनय गर्नुपर्छ,’ यसै भनिन् मौसमीले । असारदेखि बजारमा आउन लागेको चलचित्र ‘नयाँ नेपाल एक्सप्रेस”ले विशेषतः मुलुकको राजनीतिक अवस्थालाई देखाउन खोजेको छ । जातीय कुरा उठाउनुका साथै राजनीतिमा पहिले र अहिलेका पुस्ताबीचको अन्तरलाई पनि यो चलचित्रले देखाएको छ । निर्देशक अशोक बम मल्लले भने, गजबको भूमिका छ मौसमजीको । आफू बाध्यतामा यौन व्यवसायी भए तापनि कोठीमा बेचिन आएका युवतीको उद्धार गर्छिन् उनले ।’ चलचित्रमा निर्देशक मल्लले मौसमीको अलावा शर्मिला मल्ल, गणेश न्यौपाने, राज तिमल्सिना, भुपेन चन्द, नीता ढुङ्गाना, सुष्मा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ नायिका नै बनिन् यौन व्यवसायी भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला \
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger