महिला ट्वाइलेटमा लुक्ने पुरुषलाई अनौठो सजाय

बेलायतमा एक भारतीय मूलका एक आरोपीलाई अनौठो सजाय सुनाइएको छ । ३२ वर्षीय सुखवीर सिंहलाई इङ्ग्ल्याण्ड र वेल्समा रहेका म्याकडोनाल्डका १२ हजार रेष्टुरेन्टमा गएर खानपान गर्न रोक लगाइएको हो । आफ्नो यौन सन्तुष्टिका लागि महिला शौचालयमा गएर अरुको गोपनियता भंग गरेको आरोपमा उनलाई यो सजाय सुनाइएको हो । यद्यपी उनले यसलाई अस्वीकार गरेका छन् । घटना केही समय अघिको हो । उनले आफ्नो यौन सन्तुष्टिका लागि म्याकडोनाल्डको एक रेष्टुरेन्टको महिला शौचालयमा लुकेर बसेको र एक महिलाले देखेपछि कर्मचारीलाई खबर गरेको डेलिमेलले जनाएको छ । सुखबीरलाई रेस्टुरेन्ट वाहेकका स्थानमा पनि महिला कक्ष र ट्वाइलेटबाट समेत टाढा रहन आदेश दिएको छ । ६ महिनासम्म उनीमाथि नजर राखिनेछ भने १२ महिनासम्म सामुदायिक सेवामा योगदान दिनु पर्नेछ । यस्तै दुई जना महिलालाई ५०-५० पाउण्ड क्षतिपूर्ति दिनु पर्नेछ भने कानूनी खर्चका लागि ६ सय २० पाउण्ड दिनु पर्नेछ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger