६ मंसिर,एजेन्सी । भर्खरै मात्रै इजरायलबाट ठुलो आक्रमण खेपेको हमाशले इजरायललाई सहयोग गरेको आशंकामा ६ जनाको हत्या गरेको छ।
प्रत्यक्षदर्शीका अनुसार अनुहारमा मास्का लगाएका बन्दुकधारीले ६ जनाको हत्या गरेर उनिहरुको मोटरसाइकल बाँधैर सडकमा घिसारेकाथिए । सडकमा छेउ छाउमा रहेका मानिसहरुले गद्धार भन्दै चिच्याएका थिए। हमाशले ती ६ जना मानिसले इजरायललाई सुचना र गोप्य स्थानको बारेमा जानकारी दिएकाले हत्या गरेको बताएको छ।
यो हत्या इजरायलले गाजामा आक्रमण गर्न शुरुगरेको सातौ दिनमा भएको हो,इजरायलको आक्रमणमा १२० जनाको ज्यान गइसकेको छ । हमाशले ६ जनाको हत्या गाजाको शेक रअडान नजिक गरेको हो।
+ comments + 1 comments
Soo sad news
Post a Comment