बाबुले आफ्नै नाबालक छोरीको हत्या गरे

कपिलदेव खनाल ८ मंसिर, नुवाकोट । नुवाकोटमा एक व्यक्तिले आफ्नै नाबालक छोरीको हत्या गरेका छन् । नुवाकोटको कुमरी- ६, काफलचौरका पुर्ण बहादुर तामाङले आफ्नी २८ महिनाकी नाबालक छोरी अस्मिता तामाङलाई कुटपिट गरी घरको माथिल्लो तलाबाट आँगनमा फालेर गएराति हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मादक पदार्थ सेवन गरी घर गएका पुर्णबहादुरले छोरी र श्रीमतीलाई कुटपटि गर्न थालेपछि श्रीमती ठुलीकान्छी तामाङ हारगुहार माग्न बाहिर निस्किएका समयमा छोरीलाई घरको माथिल्लो तलाबाट फालेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । हत्या लगत्तै पुर्ण बहादुर फरार भएका छन् । प्रहरीले उनको खोजी गरिरहेको वताएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger