अन्तर्राष्ट्रिय लोकसंगीत चलचित्र महोत्सव आजदेखि

८ मंसिर, काठमाण्डौ । जीवनका लागि संगीत, बाँच्नका लागि संगीत भन्ने मूल नाराका दोस्रो अन्तर्राष्ट्रिय लोकसंगीत चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । नेपाली लोकबाजाको संग्राहलयको आयोजनामा हुन लागेको महोत्सव काठमाण्डौको कालिकास्थानस्थित सर्वनाम नाटकघरमा हुने छ । महोत्सवमा लोकसंगीत र संस्कृति समेटिएका २६ भन्दा वढि बृत्त चित्र देखाइने आयोजकले जनाएको छ । महोत्सवमा सर्वोत्कृत र उत्कृष्ट पाँच बृत्त चित्रलाई पुरस्कृत समेत गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा नेपाल सहित, जापान, भारत,पाकिस्तान, बेलायत, नेदरल्याण्ड्स, अमेरिका र फ्रान्सकले सहभागीता रहने छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger