अभिनेता सलमान खानमाथि आफ्नी पूर्वप्रेमिका कटरिना कैफलाई कुटेको आरोप लागेको छ ।
बलिउडका नम्बर १ अभिनेता सलमान खानमाथि आफ्नी पूर्वप्रेमिका कटरिना कैफलाई कुटेको आरोप लागेको छ । पछिल्लो फिल्म एक था टाइगरको शुटिङका क्रममा कटरिनाले छोटा कपडा लगाएको भन्दै सलमान रिसले चुर भएर कटरिनालाई गाली गलौज गर्नुका साथै लट्ठीले कुटेका छन् ।घटना केही समय अगाडिको भएपनि हालैमात्र एक म्यागेजिनले यो खुलासा गरेको हो । समाचार अनुसार शुटिङका दौरान कटरिना निकै छोटो पहिरनमा देखिएपछि सलमान खानलाई रिस उठेको हो । हुनपनि कटरिनाले निकै छोटो कपडा लगाएका कारण उनको सरीरको अघिकांस हिस्सा देखिन पुगेको थियो ।
सलमानमा रिसको पारो यति चढ्यो कि उनले कटरिनालाई तथानाम गाली गलौज गरे र हातमा रहेको लठ्ठीले एक पटक पिटे पनि । सलमानको त्यो हरकत देखेर शुटिङ युनिटमा रहेका मान्छेका हात खुट्टा डरले फूलेका थिए । म्यागेजिनमा छापिएको समाचार अनुसार, सलमानले आफुलाई कुटेपछि कटरिनाले तत्कालै त्यहाँ रहेकी अर्की अभिनेत्री करीना कपूरसँग गुनासो गरिन् । त्यसपछि करीना झ्वाट्टै सलमान सँग पुगेर उनलाई शान्त पारिन् र थप घटना हुनबाट रोकिन् ।
सलमानले कटरिनालाई कुटपिट गरेको खबरको कटरिनाका निकटवर्तीहरुले भने खण्डन गरेका छन् । उनीहरुले यो समाचार असत्य रहेको भन्दै फिल्म शूटिङका दौरान सलमानले कटरिनालाई निकै माया तथा ख्याल गरेको दाबी गरेका छन् ।स्मरण रहोस् फिल्म युवराजको शुटिङका बेला पनि सलमानले कटरिनामाथि हात उठाएका थिए ।
Labels:
Bollywood

Post a Comment