'एसपी खरेलको' फ्ल्प फिल्म बजार........
काठमाडौं, पुस २६–नेपाल प्रहरीका चर्चित एसपी रमेश खरेल पर्साको आफ्नो दैनिकी छाडेर सोमवार काठमाडौंमा चलचित्र बजार हेर्न आइपुगे। उनको चरित्रलाई पर्दामा उतार्न राजेश हमाल रमेशको भुमिकामा थिए। मुस्किलले १० मिनेको थियो उनको चलचित्र। तर, पूर्ण असफल।
करिव ३ घन्टाको फिल्म हेर्न उनी पुरै समय जय नेपाल हलमा बसे। सबैलाई उनको चरित्र पर्दामा उतार्न निर्माण पक्ष सफल नभएको अनुभव भयो। तर उनले चलचित्र हेरेर यसमा समाजको चित्रण राम्रोुंग भएको र राजनीतिभित्रको अपराधिकरण र अपराध भित्रको राजनीतिकलाई उतार्न सफल भएको औपचारिक प्रतिकृया दिए।
उनलाई एसपीको भुमिकामा रहेका राजेश हमालको लामो कपाल पचेन। त्यस्तै प्रहरी हिरासतमा रहेका एक अपराधीले डिएसपीलाई कुटेर लात्ताले हान्दै जेलको पर्खाल भत्काएर भागेको पनि चित्त बुझेन क्यारे। त्यसैले उनले चलचित्र अली अतिरञ्जनामा बहकिएको प्रतिकृया दिए।
फिल्म बजारलाई प्रमोशन दिन निर्माण पक्षले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई पनि बोलाएका थिए। फिल्म हेरेपछी देउवाले गुण्डागर्दीको विरुद्धमा राम्रो फिल्म बनेको प्रतिक्रिया दिए।
शुक्रवार रिजिल हुने बजारसंगै अपराधमा आधारित अर्को चलचित्र लुट पनि रिलिजहुँदै छ। एकैदिन चार वटा फिल्म जुध्ने भएकाले कसले बाजी मार्ला भन्ने अड्कल चलिरहेको बेला बजारले प्रिमियर गरेको थियो।
एसपी खरेल अनी कांग्रेस नेता शेरबहादुरको प्रतिकृया सुनेर दर्शक हदमा फिल्म हेर्न आउने निर्माण पक्षको अनुमान हो भने विलकुल गलत छ। फिल्म हेरेका संचारकर्मीले यसलाई पहिलानै फल्म फिल्मको सूचीमा राखेका छन्। यसवाट बैंक लुटेराको कथामा केन्द्रित फिल्म लुटले फाइदा लिनसक्ने सम्भावना बढेको छ।
Labels:
National News

Post a Comment