
जुन देशमा बढी चकलेट खाइन्छ, त्यति नै नोबल पुरस्कार विजेता हुने सम्भावना बढ्ने एक अध्ययनले देखाएको छ । कोलम्बिया विश्वविद्यालयका फ्रान्ज मेसेर्लीले गरेको अध्ययनले यस्तो देखाएको हो ।
चकलेट स्वास्थ्यका लागि लाभदायक हुने थाहा पाएपछि उनले चकलेटको उपयोगिताबारे अध्ययन थालेका थिए । उनले भनेका छन्-’तथ्यांक हेर्दा चकलेट खाने मुसा ज्यादा समयसम्म बाच्छन् र मस्तिष्कको सक्रियता पनि बढ्छ । शंखेकिरामा पनि यो लागू हुन्छ ।’
मेसेर्लीले विभिन्न देशको नोबेल पुरस्कार विजेताको संख्यालाई सामान्य राष्ट्रिय बुद्धिमताको सूचकांक माने र त्यसको तुलना राष्ट्रिय स्तरमा हुने चकलेटको खपतसँग गरे ।
न्यू इंग्ल्याण्ड जरनल अफ मेडिसिनमा प्रकाशित यस अध्ययन रिपोर्टमा केही अनौठा जानकारीहरु पनि खुलेको छ । मेसेर्लीले भनेका छन्-’तपाई प्रतिव्यक्ति चकलेटको खपत र नोबेल पुरस्कार विजेता तुलना गर्नुहुन्छ भने यीनीहरुको बीचमा निकै नजिकको सम्वन्ध पाउनु हुनेछ ।’ आफ्नो अध्ययन गलत हुने सम्भावना १० हजारमा १ रहेको उनको दावी छ ।
स्वीट्जरल्याण्ड चकलेट खाने देशको सूचीमा सबैभन्दा अगाडी छ र त्यस प्रतिव्यक्ति चकलेट खबर सबैभन्दा बढी छ । त्यही प्रतिव्यक्ति नोबेल पुरस्कार विजेता पनि छ । यसमा स्वीडेनलाई भने अपवाद भनिएको छ ।
चकलेटको खबत निकै कम रहेपनि स्वीडेनमा नोबेल पुरस्कार जित्नेहरुको उपस्थिति राम्रो छ । मेसेर्लीले भनेका छन्-’नोबेल पुरस्कार स्वीडेनबाट दिइन्छ र उनीहरुकै फैलासा हून्छ । (नोबेल शान्ति पुरस्कार बाहेक) त्यसैले केही देशभक्ति पनि देखिन्छ
Post a Comment