Featured Post
print this page
Latest Post
Showing posts with label हेल्थ. Show all posts
Showing posts with label हेल्थ. Show all posts

स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला

घरमा खान छाडेर वा अनेक बहाना बनाउँदै रेष्टुरेन्ट धाउनेहरू क्यान्सरका शिकार बन्दै गएका छन्। लामो समयदेखि क्यान्सर उपचारमा संलग्न चिकित्सकहरूको अनुभवमा पछिल्लो दिनमा पेटका क्यान्सरका बिरामीको कारण खोजी गर्दा यस्तो देखिएको हो। पेटको क्यान्सरका बढ्दो बिरामीमध्ये सबैजसो रेष्टुरेन्ट संस्कृतिमा बढी अभ्यस्तहरू पाइएका छन्। ‘नेपालमा सबैभन्दा बढी फोक्सोको क्यान्सरका बिरामी भेटिन्थे’, भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले भने- पछिल्ला दिनमा पेटका क्यान्सर रोगी बढ्दैछन्, जसको कारण खोज्दै जाँदा स्वादको पछि दौडिने रेष्टुरेन्ट संस्कृति भेटिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १३ प्रतिशत नेपालीलाई क्यान्सरको समस्या छ। केही वर्षअघि भरतपुर क्यान्सर अस्पतालले गरेको एक अध्ययनले तीमध्ये झण्डै ६ प्रतिशतलाई पेटको क्यान्सरको समस्या थियो। अहिले कम्तिमा पनि १० प्रतिशतमा पेटको क्यान्सर भएको चिकित्सक बताउँछन्। ‘मकहाँ नै आउने बिरामीमा पनि धेरै पेट क्यान्सरका हुन थाले’- डा. श्रेष्ठले भने। नेपालमा हालसम्म पुरूषमा फोक्सो र महिलामा स्तनको क्यान्सर बढी थियो। रोकथामका उपाय - जीवनशैली परिवर्तन, खानपान र शारिरीक व्यायाम - मद्यपान नगर्ने - स्वच्छ वातावरण - जंकफुड नखाने - पोलेको मासु, सुकुटी, सेकुवा नखाने - चिल्लो तथा बोसो कम खाने - ताजा सागसब्जी र फलफूल खाने - बासी वा ढुसी लागेको खाना नखाने - धेरै नून नखाने - धूमपान त्याग्ने डा. श्रेष्ठको अनुभवमा शहरीलगायत् ग्रामीण क्षेत्रमा समेत स्वादका लागि रेष्टुरेन्ट जाने प्रवृति बढ्दै गएको छ। ‘केही वर्षअघिसम्म पनि होटलमा खाने भन्ने कमै सुनिन्थ्यो, अहिले जेका लागि पनि होटल एवं रेष्टुरेन्ट धाउने चलन छ’, नेशनल क्यान्सर अस्पतालका विशेषज्ञ डा. मदनकुमार पियाले भने- स्वादको पछि लाग्दा अत्याधिक नून, मसला र मदिरा एवं मांसुजन्य पदार्थको सेवन पनि बढ्दैछ। जंक फुडमा प्रयोग गरिने प्रिजरभेटिभ, स्वादका लागि प्रयोग गरिने केमिकल पाउडर, मसला, तेल, गाडेका अचार, सुकाइएका/कुहाइएका मासुका परिकार क्यान्सरको कारण बन्दैछ। डा. पियाका अनुसार यस्ता खाद्यान्नले शरीरमा साना साना कोषिका असामान्य वृद्धि गराउँछ, जुन क्यान्सर कारण बन्छ। डा. पियाले स्वादकै पछि लाग्दा धूमपान र सूर्तीजन्य पदार्थको प्रयोग पनि बढ्दै गएको र त्यसले गर्दा मुख र घाँटीको क्यान्सरका बिरामी पनि बढ्दै गएको बताए। ‘पानपराग, गुट्खा र खैनी-सूर्तीको प्रयोगले मुखको क्यान्सर पनि बढ्दैछ’- पिया भन्छन्। शहरी क्षेत्रमा पानीका कारण पेटमा दोहोरिइरहने इन्फेक्सनले पनि पेटको क्यान्सर बढाउँदै लगेको भक्तपुर क्यान्सर अस्पतालका विशेषज्ञ डा. सुदीप श्रेष्ठले बताए। चिकित्सकहरूका अनुसार शरीरलाई चाहिनेभन्दा बढी पोषक तत्व भएपछि पेटमा समस्या बढ्दै जान्छ र यसले क्यान्सरको रूप लिन्छ। अस्वस्थकर खानेहरूको खाने बानी पनि अनियमित हुने भएकाले त्यसले ग्याष्टिक निम्त्याउँछ। यसले अल्सर हुदै क्यान्सरको रूप लिने गरेको चिकित्सकहरूको भनाई छ। नेपालमा फोक्सोपछि पेट, आमासय, मुख, पाठेघरको मुख, प्रोस्टेट, स्तनको क्यान्सर बढी हुन्छ। त्यसमा पनि महिलामा स्तन र पाठेघरको क्यान्सर बढी छ भने पुरूषमा फोक्सो, पोष्ट्रेट र पेटको क्यान्सर सबैभन्दा बढी छ। अनुसन्धानअनुसार नेपालमा वर्षेनि ५० हजार क्यान्सरका नयाँ बिरामी थपिन्छन्। तर रोग लागेका धेरै बिरामी उपचारका लागि आउने नसकेकोे चिकित्सकको भनाई छ। उनीहरुका अनुसार यस्ता बिरामीमध्ये करिब ४ हजार ५ सयमात्र अस्पताल आइपुग्छन्। नेपालका भरतपुर, त्रिवि शिक्षण अस्पताल, कान्ति, वीर, पाटन, प्रसूति र भक्तपुर अस्पतालमा क्यान्सर उपचार हुन्छ। चिकित्सकका अनुसार ३३ प्रतिशत क्यान्सरबाट बच्न सकिन्छ, ३३ प्रतिशत क्यान्सरलाई निको पार्न सकिन्छ भने ३३ प्रतिशत क्यान्सरलाई जीवन लम्ब्याउन मात्र सकिन्छ। चिकित्सकका अनुसार दिशामा रगत देखिनु, दिशा गर्ने बानीमा परिवर्तन आउनु, भोक नलाग्नु, अपच हुनु आदि पेट क्यान्सरका लक्षण हुन। क्यान्सरको कारण विभिन्न अनुसन्धानले ९० प्रतिशत क्यान्सरको प्रमुख कारण धूमपान, सूर्ती, अस्वस्थकर खानपान, रहनसहन र वातावरणीय प्रभाव देखाएका छन्। १० प्रतिशत क्यान्सर भने शरीरको आन्तरिक वा वंशाणुगत कारणले हुन्छ। यसका साथै विकिरण, व्यावसायिक प्रदूषण, भाइरस, परजीवी, सरसफाइमा कमी, शारीरिक दुर्वलतालाई पनि क्यान्सरको कारणका रूपमा लिइएको छ स्वादको पछि लाग्दै हुनुन्छ ? पेटको क्यान्सर होला भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला
0 comments

आखिर बुद्धि बढ्छ कहाँबाट ?

कसैले ‘तपाई त साह्रै बुद्धिमान हुनु हुँदो रहेछ’ भन्यो भने तपाईको मन प्रशन्न हुन्छ । आखिर प्रशन्न नहुनु पनि किन ? तर, तपाईले कहिल्यै सोच्नु भएको छ, बुद्धि कहाँबाट आउँछ ? दिमागभित्र पहिलेदेखि नै बुद्धि भरिएको हुन्छ ? पछिल्लो दिनमा कुनै जानकारी चाहियो भने गुगग वा विकीपीडिया जस्ता बेवसाइटकबो सहारा लिइन्छ । के यसको अर्थ सूचनाको यी साधनले हाम्रो बुद्धिको स्तर सम्बृद्ध र सम्पन्न बनाउँछ ? यी सबै प्रश्नहरु यस कारण उठाइएको हो कि हालै भएको केही अध्ययनले हाम्रो मस्तिष्कले आफूलाई जति प्रभावित पार्छ, अन्य मानिस र गुगल जस्ता इन्टरनेटको दुनियाँको औजारले पनि त्यति नै असर गर्छ । अति आवश्यक भएपछि मात्र मानिसले मानसिक श्रम गर्छ, नत्र दिमागलाई कष्ट दिँदैन भन्ने सिद्धान्त मनोविज्ञानिकहरुमाझ लोकपि्रय छ । आमरुपमा जुन चिज स्मरण रहन सक्छ, त्यसलाई याद गरिराख्न मानिसहरु धेरै दिमाग खियाउँदैनन् र कुनै न कुनै रुपमा अरुमा निर्भर रहन्छौं । दार्शनिकहरु यसलाई यसरी ब्याख्या गर्छन-मस्तिष्कको संरचना नै यस्तो हून्छ कि माहोल अनुसार नै आफ्नो विस्तार गर्छ । दर्शन शास्त्रका ज्ञाता एण्डी क्लार्कका भन्छन्-दिमागमा केही यस्ता चिज हुन्छ, जसले नयाँ विचार र गुगल जस्ता इन्टरनेटको दुनियाको औजारसँग समन्वय स्थापित गर्छ ।
0 comments

बर्षेनी १ करोड ५० लाख प्री म्याचुअर शिशुको जन्म

पछिल्लो समय अपरिपक्क अर्थात प्री म्याचुअर शिशुको संख्या लगातार बढिरहेको छ । विकसित देशमा हरेक वर्ष करिव १ करोड ५० लाख बच्चा समय अगाबै जन्मिछन् र करिव ११ लाख अपरिपक्क शिशुको मृत्यु हुन्छ । बच्चाको समय अगाबै हुने जन्म ५ वर्षभन्दा मुनीको उमेरमा हुने बालमृत्युदरको दोस्रो ठूलो कारण मानिएको छ । अपरिपक्क शिशुको जन्मलाई तत्काल नरोके बालमृत्युदर घटाउन नसकिने चिकित्सकहरुको चेतावनी छ । विशेषज्ञहरुका अनुसार ३७ साता शिशु जन्मका लागि परिपक्क समय हो । समय अगाबै जन्मने बच्चाको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । विश्व वास्थ्य संगठन र लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले विकसित देशमा हुने बालमृत्युदर कम गर्ने उपायको खोजीमा जुटेका छन् ।
0 comments

क्यान्सर सुरुवाति अवस्थामै थाहा पाइने !

क्यान्सर रोग लागेको पत्ता लगाउनु अहिले पनि डाक्टरहरुका लागि चुनौतिको विषय हो । तर, बेलायतका केही बैज्ञानिकले सुरुवाति अवस्थामा नै क्यान्सरको पत्ता लगाउन सकिने दावी गरेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका बैज्ञानिकहरुले राष्ट्रिय क्यान्सर अध्ययन संस्थानमा पत्रकार सम्मेलन गरेर एक मुसामा गरिएको परीक्षणमा सुरुवाति अवस्थामा नै स्तन क्यान्सरको पत्ता लागाएको दावी गरेका छन् । उनीहरुका अनुसार एक केमिकल क्यान्सर सेलमा राख्नसाथ सुरुवाति अवस्थामा नै क्यान्सर पत्ता लगाउन सकिन्छ । यस विधिलाई रेडियोथेरापीका लागि पनि अवलम्बन गर्न सक्ने बैज्ञानिकहरुको दावी छ । अक्सफोर्ड विश्वविद्यालयको ‘ग्रे इस्टीट्युट फर आर्कोलोजी एण्ड बायोलोजी’ का बैज्ञानिकहरु ‘गामा-एचटूएएक्स’ प्रोटिनको खोजीमा जुटेका छन् । यो प्रोटिन शरीरमा डीएनएको क्षतिग्रस्त हुने अवस्थामा निस्कन्छ र यही क्यान्सरको प्राथमिक स्तर हो ।
0 comments

चकलेट बढी खाए नोबेल पुरस्कारको सम्भावना !

जुन देशमा बढी चकलेट खाइन्छ, त्यति नै नोबल पुरस्कार विजेता हुने सम्भावना बढ्ने एक अध्ययनले देखाएको छ । कोलम्बिया विश्वविद्यालयका फ्रान्ज मेसेर्लीले गरेको अध्ययनले यस्तो देखाएको हो । चकलेट स्वास्थ्यका लागि लाभदायक हुने थाहा पाएपछि उनले चकलेटको उपयोगिताबारे अध्ययन थालेका थिए । उनले भनेका छन्-’तथ्यांक हेर्दा चकलेट खाने मुसा ज्यादा समयसम्म बाच्छन् र मस्तिष्कको सक्रियता पनि बढ्छ । शंखेकिरामा पनि यो लागू हुन्छ ।’ मेसेर्लीले विभिन्न देशको नोबेल पुरस्कार विजेताको संख्यालाई सामान्य राष्ट्रिय बुद्धिमताको सूचकांक माने र त्यसको तुलना राष्ट्रिय स्तरमा हुने चकलेटको खपतसँग गरे । न्यू इंग्ल्याण्ड जरनल अफ मेडिसिनमा प्रकाशित यस अध्ययन रिपोर्टमा केही अनौठा जानकारीहरु पनि खुलेको छ । मेसेर्लीले भनेका छन्-’तपाई प्रतिव्यक्ति चकलेटको खपत र नोबेल पुरस्कार विजेता तुलना गर्नुहुन्छ भने यीनीहरुको बीचमा निकै नजिकको सम्वन्ध पाउनु हुनेछ ।’ आफ्नो अध्ययन गलत हुने सम्भावना १० हजारमा १ रहेको उनको दावी छ । स्वीट्जरल्याण्ड चकलेट खाने देशको सूचीमा सबैभन्दा अगाडी छ र त्यस प्रतिव्यक्ति चकलेट खबर सबैभन्दा बढी छ । त्यही प्रतिव्यक्ति नोबेल पुरस्कार विजेता पनि छ । यसमा स्वीडेनलाई भने अपवाद भनिएको छ । चकलेटको खबत निकै कम रहेपनि स्वीडेनमा नोबेल पुरस्कार जित्नेहरुको उपस्थिति राम्रो छ । मेसेर्लीले भनेका छन्-’नोबेल पुरस्कार स्वीडेनबाट दिइन्छ र उनीहरुकै फैलासा हून्छ । (नोबेल शान्ति पुरस्कार बाहेक) त्यसैले केही देशभक्ति पनि देखिन्छ
0 comments

वाइन पिउनुहोस् क्यान्सरबाट बच्नुहोस्

महिलाहरूले दैनिक रुपमा एक ग्लास वाइन पिउनु स्तन क्यान्सरको जोखिम २० प्रतिशत कम हुने अनुसन्धानबाट पत्ता लागेको छ। क्याम्ब्रिज यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा वाइन पिउने महिलाहरूमा बे्रस्ट क्यान्सर हुने सम्भावना कम देखिएको र अन्य रोगले समेत कम असर गर्ने पाइएको थियो। रोगले संक्रमित भएपनि वाइन नपिउने विरामीहरू भन्दा पिउने महिलाहरू छिटो निको हुने कुरा पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्। बेलायतको पत्रिका डेलीमेलका अनुसार, सामान्यता अल्कोहल नै स्वस्थ महिलाहरूको स्तन क्यान्सर हुनुको प्रमुख कारण मान्ने गरिन्छ। त्यसैगरी नै अल्कोहलमा रहेको रसायनले स्वस्थ कोषलाई मार्ने काम गरेजस्तै क्यान्सरको कोषलाई पनि मार्ने गरेको अनुसन्धानमा पत्ता लागेको हो। अझैसम्म पनि बेलायतमा अल्कोहल सेवन गर्ने स्तन क्यान्सर रोगी महिलाहरूलाई यस्तो कुनै विशेष सल्लाह त दिइएको छैन, तर स्वस्थ महिलाहरूले भने हप्तामा १४ युनिट भन्दा बढी अल्कोहल नपिउन सल्लाह दिइएको छ।
0 comments

कारमा बसेर चुरोट खानु विष पिएजस्तै

के तपाइँ गाडीभित्र बसेर चुरोट खाने गर्नुहुन्छ ? सार्वजनिक गाडिमा त त्यसो गर्दा अरुले गाली गरिहाल्छन् तर आफ्नो निजि गाडीभित्रै बसेर चुरोट खाने बानी धेरैको हुन्छ । यदि यस्तो बानी तपाइँको पनि छ भने त्यसलाई छाडिहाल्नुहोस् । वैज्ञानिकहरुले कारभित्र बसेर धुमपान गर्नु विष पिएजस्तै हानिकारक हुने बताएका छन् । कारभित्र बसेर धूमपान गर्दा जुन धुवाँ फैलिन्छ त्यो सुरक्षित सिमा भन्दा निकै धेरै हुन्छ । तपाइँले कारको ढोका खोल्नुभएको भएपनि वा एसी चलाउनुभएको भएपनि धुवाँको असर कम हुँदैन । कारमा बसेर धूमपान गर्दा धूमपान गर्नेलाई जत्तिकै असर कारमा बसेका अरु धूमपान नगर्नेलाई पनि हुन्छ
0 comments

पहिलो पटक सेक्स गर्दा कुन कुरामा ध्यान पुर्‍याउने

यो लेख पढ्नेजति सबै कुमार अथवा कुमारी नहुन पनि सक्छन् । यद्यपि, तपाईंलाई कुनै बेला त्यस्ता तन्नेरीलाई सुझाव दिनुपर्ने हुनसक्छ । त्यतिबेला तपाईालाई यो लेखमा उल्लेख भएको जानकारी उपयोगी हुनसक्छ । पहिलो पटक यौनसम्पर्क गर्दा कुन कुरामा ध्यान पुर्‍याउने भन्ने महिला र पुरुष दुवैका लागि उत्तिकै उपयोगी विषय हो । समलिङ्गी अथवा इतरलिङ्गी -हेटरोसेक्सुअल) जो कोही पनि यसबाट लाभान्वित हुन सक्छन् । अभिभावक र परामर्शदाताका लागि पनि यससम्बन्धी जानकारी उपयोगी हुन सक्छ । आˆनै जीवनको एउटा घटनाबाट कुरा सुरु गरौा । करिब पचास वर्ष अगाडिको कुरो हो । एक दिन मैले बुवासाग सोधे, ‘म यौन सम्पर्क राख्न योग्य अथवा परिपक्क्व भएा भन्ने कसरी थाहा पाउने ?’ त्यतिबेला बुवाले मलाई सुझाव दिनुभएको थियो । त्यतिबेलाको समयमा त्यस्तो सुझाव दिने बाबुलाई प्रगतिशील नै मान्नुपर्छ । उहांको सुझावलाई बेवास्ता गर्ने काम कहिल्यै गरिना । बुवाले त्यतिबेला भन्नुभएको थियो, ‘सबैभन्दा पहिले आˆनो यौन साथीलाई विश्वास गर । गोपनीयता र उपयुक्त समयको प्रबन्ध मिलाऊ । आवश्यक सावधानी अपनाऊ ।
अर्को कुरा, यौनसाथीलाई म प्रेम गर्छु र उसाग विवाह गर्न समेत मलाई कुनै आपत्ति छैन भन्नेमा विश्वस्त होऊ ।’ यौन परामर्शदाताका हैसितयले आज मैले तन्नेरीहरूलाई सुझाव दिनुपर्दा बाबुले भनेका कुरालाई सम्भिmने गरेको छु र त्यस्तै खालको परामर्श दिने गरेकी छु । पहिलोपटक यौन सम्पर्क राख्नुपूर्व असल नियतका साथ यौनसम्पर्क गर्दै छु र यसले मलाई खराब गर्दैर्न भन्नेमा तन्नेरीहरू विश्वस्त हुनुपर्छ । यस्तो सोचाइ आयो भने यौन साथीप्रति तपाईंमा प्रेम जाग्छ, उसको अगाडि खुलस्त हुने इच्छा बढ्छ र केही कौतुहलता पनि उत्पन्न हुन्छ । त्यतिबेला तपाईंले दबाब महसुस गर्नु हुादैन । यौन साथीले तपाईंको शरीर, भावना र आत्मस्वाभिमानलाई कुशलतापूर्वक सम्हाल्न सक्छ भन्नेमा पनि तपाईं विश्वस्त हुनुपर्छ । साथै तपाईंले यौनसम्पर्कका लागि आवश्यक तयारी समेत गर्नुपर्छ । कतिपय तन्नेरी कामुकता र आवेगको लहडमै रमाउने गर्छन् । यो उत्ताउलो स्वभाव हो । आवश्यक तयारीले तपाईंको भलाइ गर्छ । कहिले र कहां यौनसम्पर्क गर्ने भन्ने सोच्नुहोस् । योजनाबारे यौन साथीसाग छलफल गर्नुहोस् । समय, गोपनीयता, सहज र आरामदायी परिवेश तथा सरसफाइको व्यवस्था मिलाउनुहोस् । पहिलो यौनसम्पर्कको अनुभव तपाईंले कल्पना गरेभन्दा नितान्त भिन्न हुनसक्छ । महिला तथा पुरुष दुवैका लागि यो अस्तव्यस्त समेत हुनसक्छ । यौनसम्पर्कपूर्व तपाईंले सावधानी अपनाउनु आवश्यक हुन्छ । अनावश्यक गर्व नरहोस् भनेर मात्र नभई, रोग नलागोस् भन्नेप्रति पनि तपाईं उत्तिकै चनाखो हुनुपर्छ । कण्डमको प्रयोगले अवाञ्छित गर्भ र यौन रोग दुवैबाट मुक्ति दिन सक्छ । भर्खरै खरिद गरिएको कन्डम प्रयोग गर्नु राम्रो हुन्छ । गोजी अथवा पर्समा वर्षौादेखि कोचेर राखिएको कन्डम प्रयोग नगर्नुस् । यौन सम्पर्कलाई सरल र आरामदायी बनाउन र यौनाङ्गको सुखापनबाट हुनसक्ने कष्ट कम गर्न थुक -र्‍याल) ले केही मद्दत पुर्‍याउन सक्छ । तर, यसका लागि बजारमा चिल्लो पदार्थ पाइन्छन् । यसको जोहो गर्नाले तपाईंको भलाइ गर्छ । पहिलो यौन सम्पर्कबाट धेरै आशा नगरेकै राम्रो । पहिलो अनुभवले हतोत्साही गराउन सक्छ । यसले पीडा दिन सक्छ । नयांखालको आवाज र गन्धसाग तपाईंको साक्षात्कार हुनसक्छ । यौनसम्पर्कका बेला शरीरले कसरी काम गर्छ भन्ने बुझिसकेपछि मात्रै तपाईंले यौनसम्पर्कमा सहजता महसुस गर्न सक्नुहुन्छ ।
0 comments

ब्लु फिल्म हेर्न महिलाहरुले मरिहत्ते गर्ने प्रतिवेदन सार्वजनिक । हो कि क्या हो ?

हरेक मान्छेलाई सेक्सको बारेमा जान्ने तथा अनुभव गर्ने कौतुहलता हुन्छ । सेक्सको बारेमा सोच्दा पनि आनन्द आउने भएका पनि होला यौन सबैको जीवनमा अभिन्न बनेको छ । यौन बाट आनन्द लिने तरिकाहरु भने आफ्नै पाइएको छ । यसको पछिल्लो लोकप्रिय माध्यम बनेको छ ब्लु फिल्न हेर्न ।
पछिल्लो समयमा ब्लु फिल्म हेरेर मज्जा लिनेहरूको संख्या धेरै भएको छ । प्रविधिको विकासले ब्लु फिल्ममा सबैको पहुंच पनि बढेको छ । आजकल प्रायः सबैको मोबाइल तथा आइप्याडमा ब्लु फिल्म हुने गरेको एक अध्ययनले खुलाएको छ ।तर, पनि ब्लु फिल्म पुरुषको तुलनामा महिलाले निकै कम हेर्छन् भन्ने सोचाइ रहेकोमा एक अध्ययनले यसको बिपरीत प्रतिवेदन सार्वजनिक गरेको छ । हालै लन्डनमा भएको एक अध्ययनले ब्लु फिल्म हेर्न पुरुषको तुलनामा महिलाहरू बढि मरिहत्ते गर्नेगरेको निष्कर्ष निकालेको छ । अध्ययनमा सहभागी शोधकर्ताहरूका अनुसार एउटा पुरुषले महिनामा लगभग दुई घन्टा ब्लु फिल्म हेर्छ भने महिलाले कम्तीमा डेढ घन्टा हेर्छन् । जुन बढ्दो क्रममा रहेको छ । अझ इन्टरनेटमा पोर्न साइट हेर्ने महिलाको संख्या त ह्वात्तै बढेको छ ।पुरुषको तुलनामा महिलाहरू बढी फुर्सदिलो हुने भएकोले पनि उनीहरूले धेरै पोर्न फिल्म हेर्ने गरेको बताइएको छ । ब्लु फिल्न महिलाहरुले पुरुष साथिसंग भन्दा पनि एक्लै वा महिला साथिहरुसंग वसेर वढी हेर्ने गरेको पाइएको अध्ययनमा उल्लेख छ ।
0 comments

गर्भवती महिलाका लागि ३० टिप्स

१.नियमित रूपमा -प्रत्येक २८ देखि ३० दिनमा) महिनावारी हुने महिलामा महिनावारीको दसौं दिनदेखि अठारौं दिनसम्म यौन सम्पर्क गरे गर्भ रहन सक्छ। २.गर्भपूर्वको अवस्थामा किशोरी वा महिलामा कुनै जोखिमपूर्ण समस्या छ, छै न ? छ भने त्यसलाई कसरी कम गर्न, नियन्त्रणमा राख्न वा हटाउन सकिन्छ भन्ने कुरा थाहा पाइने हुनाले शिशु पाउनुपूर्व सम्बन्धित चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ। ३. कलिलो उमेरमा गर्भधारण गरे बेथा लामो हुने, शिशु पाउन गाह्रो हुने, शिशु पनि कम तौलको हुने एवं महिना नपुगी बेथा लाग्ने हुँदा आमा र शिशु दुवैको ज्यान जोखिममा हुन्छ। ४.गर्भाधानका क्रममा शिशु, सालनाल, शिशु वरिपरिको पानी, पाठेघरको वृद्धि र शरीरका विभिन्न भागमा प्रोटिन एवं बोसो जम्मा हुनाले गर्भको अवधिमा करिब १०
देखि १२ किलोसम्म तौल बढ्न सक्छ। ५.छोरा वा छोरी कसरी ? लोग्ने मानिसको क्रोमोजोममा एक्स र वाई दुवै हुन्छ भने महिलामा एक्स एक्स मात्र हुन्छ। त्यसैले लोग्ने मानिस र स्वास्नी मानिसबीच यौन सम्पर्कपछि छोरा पाउन लोग्ने मानिसमा मात्र हुने वाई आउनुपर्छ।
६.गर्भ रहेका चिन्हहरू विभिन्न हुने भए पनि नियमित रूपमा भैरहने महिनावारी रोकिनु गर्भ रहेको शंका गर्ने मुख्य आधार हो। ७.गर्भ रहेको निश्चित गर्ने तरिका विभिन्न - पिसाब जाँच, योनिद्वारबाट आन्तरिक परीक्षण) भए पनि अल्ट्रासाउन्ड - भिडियो एक्सरे) को आफ्नै महत्व छ। ८.आर्थिक विपन्नता वा सेवाको अभावले पटक- पटक अल्ट्रासाउन्ड गराउन नसके पनि गर्भमा रहेको शिशुमा कुनै किसिमको शारीरिक समस्या छ-छैन थाहा पाउन गर्भावस्थाको करिब १६ देखि २२ हप्ताभित्र कम्तीमा एकपटक अल्ट्रासाउन्ड गराउनुपर्छ। ९.मानिसको ४० हप्ता लामो गर्भ अवधिलाई पहिलो, दोस्रो र तेस्रो त्रैमासिक गरी तीन चरणमा बाँडिएको छ। प्रत्येक त्रैमासिकअनुसार गर्भवतीका चिन्ह पनि फरक- फरक हुन्छन्। १०.नियमित रूपमा महिनावारी भैरहेका किशोरी वा महिलामा अन्तिम पटक महिनावारी भएको दिनमा ९ महिना ७ दिन जोडेमा शिशु जन्मिने मिति निस्कन्छ। यसरी हिसाब गरी निकालेको दिन करिब ५ प्रतिशतले शिशु पाउँछन् भने अधिकांश -करिब ८० प्रतिशत) महिलाले उक्त दिनको दुई हप्ताअघि वा एक हप्तापछि शिशु जन्माउँछन्। ११.गर्भावस्थाको करिब १८ हप्तापछि शिशु चलेको महसुस हुन्छ। गर्भ रहेको करिब ३६ हप्तापछि शिशु तल सर्ने -पुट्ठाको हड्डी भित्र जाने) हुनाले सास फेर्न अलि हलुका महसुस हुन्छ। १२.गर्भावस्थाको अन्त्यतिर बेथा लाग्नुपूर्वका चिन्हहरू -तल्लो पेट दुख्ने, छोड्ने, हल्का रगत मिसिएको सिंगान जस्तो देखा पर्ने, पिसाबजस्तै पानी बग्ने आदि) देखा पर्न सक्छन्। १३.विश्व स्वास्थ्य संगठनका अनुसार गर्भवती महिलाले कम्तीमा चार पटक जाँच गराउनुपर्छ। यस क्रममा स्वास्थ्य परीक्षणका अतिरिक्त खोप, स्वास्थ्य शिक्षा, पोषण शिक्षा पनि प्राप्त हुन्छ। १४.पहिलो पटकको गर्भ जाँच महिनावारी रोकिएको थाहा हुनासाथ वा करिब ६ हप्ताको वरिपरि गराउनुपर्छ। १५.प्रत्येक गर्भवती महिलाले हेमोग्लोबिन, रक्त समूह, यौन रोग -भीडीआरएल), एचआईभी एवं हेपाटाइटिस बी, ब्लड सुगरसम्बन्धी रगत जाँच, पिसाब जाँच एवं भिडियो एक्सरे गराउनुपर्छ। यसका अतिरिक्त कतिपय महिलामा देखापरेको स्वास्थ्य समस्याअनुसार थप जाँच गराउनुपर्छ। १६.पहिलो गर्भावस्थामा दुईपटक टी टी खोप लिनुपर्छ भने फोलिक एसिड र आइरन एवं क्याल्सियम क्रमशः पहिलो र दोस्रो त्रैमासिकदेखि खानुपर्छ। यसका साथै शक्ति प्राप्त हुने थप कार्बाेहाइड्रे्रट तथा प्रोटिनयुक्त खाना खानुपर्छ। १७.नियमित जाँच गर्नुको उद्देश्य गर्भावस्था, सुत्केरी बेथा लाग्दा तथा सुत्केरी बेथापछि आमा र नवजात शिशुको पूर्ण स्वस्थता हो। १८ जाँचमा प्रत्येक पटक तौल लिने, रक्तचाप र नाडीको गति नाप्ने एवं रक्तअल्पता भए नभएको तथा खुट्टा सुन्निएको छ, छैन जाँच्नुपर्छ। १९. मधुमेह, उच्चरक्तचाप, मुटु एवं मिर्गौलाको रोगी, नेगेटिभ रगत समूह भएकी, पेटभित्रको शिशु सानो शंका गरिएकी, जुम्ल्याहा शिशु बोकेकी, पहिले पटक-पटक गर्भ तुहिएकी गर्भवती महिलालाई विशेष निगरानीमा राख्नुपर्छ। २०.गर्भावस्थाको १२ हप्तापछि मात्र बाहिरी पेट जाँच गरी पाठेघर छाम्न सकिन्छ। गर्भावस्थाको १२ हप्तामा पुठ्ठाको हड्डी अघिल्लो भागसम्म, २० हप्तामा नाइटोको तल्लो भागमा, २४ हप्तामा नाइटोको माथिल्लो भागमा र ३६ हप्तामा मध्यछातीको हड्डीमुनिसम्म पाठेघरको -पेट) को उचाइ बढ्छ। २१.गर्भ रहेको ५ देखि ८ हप्तामा मानव शरीरका मुख्य अङ्गहरू तथा स्नायु प्रणालीको विकास हुन्छ भने ६ हप्ताबाट मुटुको धड्कन सुरु हुन्छ। गर्भावस्थाको ८ हप्तासम्ममा अनुहार -मुख) को आकार आउँछ भने ९ देखि १२ हप्तामा शरीरका भित्री अङ्गहरू फोक्सो, मिर्गौला कलेजो, अस्थिपञ्जर बन्न थाल्छन्। २२.विशेष गरी गर्भावस्थाको चौथो हप्तादेखि दसौं हप्तासम्म गर्भस्थ शिशुको मुटु तथा स्नायु प्रणालीअन्तर्गतका महत्वपूर्ण अङ्ग निर्माण हुने भएकाले अनावश्यक रूपमा जथाभावी औषधि सेवन तथा चुरोट एवं मद्यपान गरे गम्भीर प्रकारका शारीरिक समस्या भएका शिशु जन्मिन सक्छन्। २३.गर्भावस्थामा हुन सक्ने साधारण समस्याहरूमा बिहानीपख वाकवाकी लाग्ने, मुखमा अमिलो पानी आउने र छाती पोल्ने, पिसाब छिटो-छिटो लाग्ने, योनिस्राव – सेतो पानी) अलि बढी बग्ने, पिँडौला एवं जननेन्दि्रय वरिपरिका नसाहरू फुल्ने, कब्जियत हुने, खुट्टा सुन्निने, कम्मर दुख्ने, पिँडौला बाउँडिने हुन्। २४. गर्भाधानका क्रममा शुक्रकीट र डिम्बको मिलन डिम्बवाहिनी नलीमा निषेचित भएर पाठेघरमा बस्ने क्रममा हल्का रातोपन जस्तो रक्तस्राव देखिनुबाहेक गर्भावस्थामा बढी मात्रामा रगत देखिनु राम्रो लक्षण मानिँदैन। २५.करिब २० प्रतिशत गर्भवती महिलालाई सिजेरियन आवश्यक परे पनि ८० देखि प्रतिशतमा भने राम्रै र सुरक्षित तवरले सुत्केरी गराउन सकिन्छ। २६.शिशुको टाउको बाङ्गिनु, शिशु उल्टो वा तेर्सो बस्नु, पाठेघरभित्र शिशुको बसाइ परिवर्तन भैरहनु वा अस्थिर रहनु, शिशुको मुख वा निधार पहिले बाहिर आउन खोज्नु, शिशुको मुख आमाका ढाडतिर फर्केर रहनुपर्नेमा अन्यथा हुनु गर्भवती तथा सुत्केरी बेथाका बेला असामान्य परिस्थिति हुन्। २७.जुम्ल्याहा शिशु हुँदा, गर्भवती महिलाको उमेर बढी -३५ वर्ष भन्दा माथि) हुँदा, पटक-पटक गर्भ खेर जाँदा, गर्भावस्था लम्बिँदा, रक्तसमूह नेगेटिभ हुँदा अतिरिक्त हेरचाह पुर्याउनुपर्छ। २८.सामान्यतया मानिसको गर्भ अवधि ४० हप्ता -२८० दिन) को हुन्छ। गर्भ ४२ हप्ता -२९४ दिन) भन्दा पछाडि गयो भने राम्रो मानिँदैन। औसतमा १० प्रतिशत गर्भवती महिलामा ४२ हप्ता नाघ्छ। २९.उच्चरक्तचाप, मधुमेह, मुटुको समस्या, मिर्गौलाको खराबी, मूत्रनली संक्रमण, थाइरोइड ग्रन्थिको काममा घटीबढी, छारे रोग, रक्तअल्पता, हेपाटाइटिस, यौन रोग, एचआईभी एड्स, क्षय रोग, दम, संक्रामक तथा परजीवीजन्य रोग, औलो र शल्यक्रियाको आवश्यकता पर्ने कतिपय पेटको पीडा आदि गर्भावस्थासँगै हुनसक्ने अन्य स्वास्थ्य समस्या हुन्। ३०.पेटभित्रै शिशु मर्ने, सुत्केरी बेथापूर्व पानी फुट्ने -सानो सूतक हुने), महिना नपुग्दै बेथा लाग्ने आदि गर्भावस्थामा आइपर्ने केही विशेष समस्या हुन्।
0 comments

यौन समस्यामा तुलसीको प्रयोग

आयुर्वेदमा तुलसीको प्रयोग र गुणलाई महत्व दिइएको पाइन्छ । प्राचीन चिकित्सा वैज्ञानिक महर्षि चरकले चरक संहितामा तुलसीको रोगनाशक गुणको बारेमा उल्लेख गरेका छन् । तुलसी पाँच प्रकारको भएको मानिन्छ । तैपनि रंगका आधारमा दुई थरीका हुन्छन् । श्याम तुलसी (गाढा हरिया र कालो) र श्वेत तुलसी (सेतो, हल्का हरियो, हल्का पहेँलो) । दुई थरी तुलसी भएपनि यसको गुणमा भने त्यति धेरै भिन्नता हुँदैन । आयुर्वेदीय दृष्टिमा तुलसीमा कफवात नाशक, दुर्गन्धनाशक, ज्वर नाशक, श्वेतदकारक, शोथ नाशक, कृमि नाशक, रक्तशोधक आदि गुणहरु रहेका हुन्छन् । तुलसीको रुखले हावाको प्रदुषण घटाई हानिकारक कीरालाई भगाउँछ ।
तुलसीको सुकेको हाँगालाई कोठामा राख्नु पनि स्वस्थकर हुन्छ । रोगहरुमा तुलसीको प्रयोग पेटका रोगहरुमा पेटमा वायु बढिरहने, मन्दाग्नी, अपच एवं अम्लपित्त भैरहने व्यक्तिले तुलसीको पात पकाएर नित्य खाली पेटमा खाने गर्दा पेटको खराबी क्रमसः हट्छ । कलेजोको रोग भएमा नित्य खाली पेटमा तुलसीको चिया पिउने एवं तुलसीको रस १–२ चम्चा बिहान बेलुका खाने वा तुलसीको पात सफा गरेर १–२ वटा दिनहुँ खाने गर्दा कलेजोको रोगमा लाभ हुन्छ । पेटको अपच एवं अजीर्णको समस्यामा तुलसीको रसमा सूठो (सुकेको अदुवा) मिसाई खानाले फाइदा गर्दछ । बच्चाहरुको पेट बिग्रिएमा पनि यस्तो गरेमा लाभ मिल्दछ । वान्ता एवं वाकवाकी तुलसी, अदुवा र कागतीको रस बराबर मिसाई केही मात्रा महसमेत राखी चपाउनाले वान्ता रोकिन्छ एवं वाकवाकी लाग्ने पनि शान्त हुन्छ । तुलसीको रसमा अलैचीको धूलो मिसाई खाएमा वान्ता रोकिन्छ । तुलसीको रसमा दालचिनीको धूलो मिसाएर चाटेमा पनि वान्तामा लाभ हुन्छ । खानाको अरुचि तुलसी एवं अदुवाको रस बराबर मिसाई भोजनको पूर्व १ चम्चा खाने गर्दा खानाको अरुचि हट्दछ । तुलसीको बीउमा थोरै पिप्ला र मह मिसाइ दिनको ३÷४ पटक चाट्नाले भोक जाग्दछ । स्वप्नदोष तुलसीको डाँठ एवं पातलाई पानको पातमा मिसाएर खाने गर्दा स्वप्नदोषमा लाभ हुन्छ । शीघ्र स्खलन तुलसीको डाँठलाई कुटेर पानको पातमा राखेर १ चम्चा महसमेत मिसाएर खाँदा शीघ्र स्खलनमा कमी हुन्छ । तुलसीको बीउलाई पानको पातमा बेरेर खाँदा पनि यस समस्यामा फाइदा गर्छ । तुलसीको जरा सफागरी भिजाउने र उक्त पानी दिनहुँ १–२ गिलास पिउने गर्नाले फाइदा गर्दछ । घाउ खटिरा तुलसीको पातको रस घाउ खटिरामा लगाउँदा छिटो सञ्चो हुन्छ । तुलसीको पात र बेसारको धूलोलाई मिश्रित गरी बनाएको मलम घाउ खटिरा एवं काटेको ठाउँमा लगाउँदा शीघ्र लाभ मिल्दछ । काटेको घाउमा सफा गरी तुलसीको रस राखेमा रगत थाम्न मद्दत मिल्छ भने घाउ संक्रमण हुन पाउँदैन । तुलसीको बीउ, नीमको पात र बेसार लिएर पिस्ने, त्यसलाई थोरै तेल एवं पानी मिसाई पकाउने, पानी सुकिसकेपछि बाँकी रहेको लेदोलाई घाउ खटिरामा लेपन गर्दा चिलाउने, दुख्ने, पोल्ने कम हुन्छ । नपुंसकता एवं लिङ्ग शिथिलता तुलसीको बीउ र सख्खर बराबर मिसाई सानो डल्लो बनाउने र प्रत्येक दिन बिहान बेलुका उक्त सानो डल्लो खाने र लगतै आधा लिटर दूध ( सम्भव भएसम्म गाईको दूध) एवं २ चम्चा मह मिसाई पिउने । करिब ४–५ महिनासम्म यसरी सेवन गर्ने । यसले गर्दा नपुंसकता एवं लिङ्ग शिथिलता समस्या ठीक हुनसक्छ । टाउको दुखाई टाउको दुखेमा निधारमा तुलसीको रस लगाउने र मेरुदण्डमा पनि यसको रस लगाएर केही बेरसम्म टाउकोमा हलुका मालिश गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ । खोकी तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दा सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३÷४ पटक तातो पानी पिएर अन्तमा बिस्तारै चाट्दै उक्त रस खाँदा खोकी हराउँछ । छाती दुखेमा तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ र भारीपना कम हुन्छ । दुखाइ के कस्तो छ त्यसको कारणको पनि उपचार गर्नुपर्दछ । दाँत दुखेमा तुलसीको रस र कपूर तताएर दाँतमा च्यापिराखेमा दाँत दुखाइ ठीक हुन्छ । डण्डीफोर, दाग र पोतोमा तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने आधा एक घण्टापछि पखाल्ने गर्दा अनुहार सफा हुन्छ । दुर्गन्धित श्वास प्रत्येक खाना वा खाजा खाएपछि मुखमा तुसलसीको पात राखेर धेरैबेर खेलाउँदै चपाउने चुस्ने गर्दा स्वास वा मुख गनाउने ठीक हुन्छ । बच्चाको पेट र छातीको रोग यदि बच्चाहरुलाई पेट खराब भैरहन्छ भने तुलसीको पात पकाएर चियाको रुपमा खाने बानी बसाल्ने । यदि घ्यारघ्यार हुने र खोकी लाग्ने आदि छ भने तुलसीको पातको रस मनतातो पानीमा मिसाई खान दिनुहोस् । चर्मरोग तुलसी पत्रलाई कागती वा नीमको पातमा मिसाएर छालाको रोग जस्तैः लूतो, दाद आदि आएको ठाउँमा दिनहुँ २÷३ पटक लगाउने र सुकेपछि सफा गर्दा शीघ्र लाभ हुन्छ । उच्च रक्तचाप र मानसिक तनाव नित्य खाली पेटमा तुलसीको पत्र मिश्रित चिया पिउने, बिहान उठी तुलसीको बोटअघि बसेर दैनिक १०–२० मिनेट ध्यान, प्रणायाम गर्ने र तुलसीको काठबाट बनेको माला लगाउने गर्दा मानसिक स्वच्छता, प्रसन्नता प्राप्त हुनुको साथै उच्च उक्तचाप र मानसिक तनावसमेत कम हुन्छ । नाथ्री फुटेमा नाकबाट रगत आएमा २÷३ थोपा तुलसीको पत्रको रसहाल्ने र निधारमा पनि लेपन गर्ने गर्दा नाकबाट रगत आउने रोकिन्छ ।
0 comments

चायाँको उपचार के हो त ? हेरौ

हामीहरुमध्ये अधिकांश चायाँको समस्याबाट गुज्रीरहेका हुन्छौँ । छालामा आउने स्काल्प र फ्लेकको कारणले चायाँ विकसित हुन्छ । हाम्रो छालाका सेलहरु सधैँ नविकरण भइराख्नु पर्छ । जब छालाका सेलहरु नयाँ बन्छन् पूरानो सेलहरु बाहिरी सतहमा स्काल्पभन्दा बाहिर आउछन् । जो व्यक्तिमा चायाँ हुन्छ यो प्रकृया छिटो छिटो हुन्छ । यसको अर्थ छालामाथि स्काल्पको थुप्रो लाग्छ ।
त्यो नै चायाँको रुपमा विकसित हुन्छ । अत्यधिक चिसो वा तातोमा बस्नाले पनि चायाँ आउन सक्छ । चायाँबाट सताएका मानिसहरु छालामा आउने रातोपन र चिलाउने रोगबाट पनि सताइएका हुन सक्छन् । अधिकांश त तैलिय छाला भएका मानिसहरुमा सुख्खापनको कारणले गर्दा हल्का चायाँ पैदा हुन्छ । चायाँ टाउकोमा, नाकमा, आँखी भौँमा, कान वरिपरि, नाइटो वा गुप्ताङ्कमा आउने गर्दछ । घरेलु उपचार : चायाँ रहित छालाको लागि कम्तीमा दिनको २ लिटर पानी पिउने गर्नुस् । साथै सलाद, हरियो सागसब्जी तथा ताजा फलफूल खानाले पनि चायाँ कम गर्न सकिन्छ । कपाल बढ्नको लागि सधैँ सफा काइँयोको प्रयोग गर्नुपर्दछ । निम्न विधिहरु अपनाएर चायाँलाई हटाउन सक्नुहुन्छ । १) ६ चिया चम्चा पानीमा २ चम्चा भेनिगर मिसाई सुत्नु अगाडि स्काल्पमा लगाउनुहोस् र रुमालले टाउको बाँडी सुत्नुस् । बिहान नुहाइसकेपछि भेनेगर मिसाइएको पानीमा फेरि पखाल्नुहोस् । कम्तीमा तीन महिनासम्म हप्ताको एकचोटि यो प्रकृया दोहोर्या उनुहोस् । २) एक् चिया चम्चा कागतीको रसमा २ चिया चम्चा भेनेगर मिसाउनुहोस् र त्यसलाई स्काल्पमा मसाज गर्नुहोस् । त्यसको केही घण्टा पछि अण्डा राखेर नुहाउनुहोस् । ३) एक भाग बदामको तेल, एक भाग सल्फर पाउडर, २ भाग स्पिरितमा ४ भाग शुद्द गरिएको पानी वा गुलाबजल मिसाउनुस् र स्काल्पमा डल्नुहोस् । ४) दुई कप पानिमा ४-५ चिया चम्चा रोजमेरी राखेर १० मिनेट जस्तो उमाल्नुहोस् । उक्त चिसो भइसकेपछि स्काल्पमा दल्नुहोस् र एक् घण्टा जस्तो राख्नुहोस् । ५) बदामको तेलले मसाज गर्नुहोस् र रुमाललाई तातो पानीमा डुबाएर कपालमा बेर्नुहोस् । रुमाल चिसो नभएसम्म ३-४ पटक यो प्रकृया दोहोर्याउनुहोस् । ६) अमला, रिथा, सिकाकाई मिसाएर स्याम्पु बनाउनुहोस् । त्यसलाई दुई लिटर पानीमा राखेर आधा नघटुन्जेलसम्म उमाल्नुस् । यसरी बनाएको स्याम्पुलाई एक महिनासम्म प्रयोग गर्नुस् । यसो गर्नाले कपाल गाढा हुनुको साथै चायाँ पनि हट्छ । ७) मेथिलाई पिसेर रातभरि पानीमा भिजाएर राख्नुस् । उक्त पेस्तलाई स्काल्पमा लगाउनुहोस् र १५-२० मिनेट राख्नुहोस् र नुहाउनुहोस् ।
0 comments

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger