बंगुरले टोकेर मृत्यु

पाल्पा, कार्तिक १८ - रिङनेरह गाविस-७ मन्दिरडाँडामा शनिबार बिहान बंगुरले टोकेर एक वृद्धको मृत्यु भएको छ । आफ्नै घरमा पालेको बंगुरले टोकेर ७३ वर्षीय धनबहादुर विश्वकर्माको मृत्यु भएको हो । स्थानीय ईश्वर आचार्यका अनुसार विहान शौचालय गएको अवस्थामा उनलाई बंगुरले टोकेको थियो । बिश्वकर्माको कान, नाक र घाँटीमा टोकेको उनले बताए । 'दुबै कान, नाक र घाँटी टोकेपछि मात्रै परिवारका अन्य सदस्यले थाहा पाएका थिए' उनले भने, 'त्यसपछि हेर्दा मरिसकेको अवस्थामा फेला परेका थिए ।' जिल्ला प्रहरी कार्यालयले भने बंगुरले टोकेर मृत्यु भएको जानकारी नआएको बताएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger